भारत र पाकिस्तानको प्रतिनिधिमण्डलबीच बैठक सुरू


नयाँदिल्ली । भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा सुरु भएको छ ।




करतारपुर करिडोरको खाकालाई अन्तिमरुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको हो । वार्ता सुरु भएको ठाउँ दुवै देशको सिमानामा पर्दछ ।

स्थानीय एक सरकारी अधिकारीले भने करतारपुर करिडोरसम्बन्धी अन्तिम खाका बनाउन दुवै देशका प्रतिनिधिहरुको बैठक अत्तारीमा शुरु भएको हो ।




दुवै पक्षका प्रतिनिधिहरु वार्ताका लागि बुधबार बेलुका नै स्थानीय अमृतसर भन्ने ठाउँमा पुगेका थिए । भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता राविश कुमारले भने, ‘करतारपुर करिडोर बनाउने सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता छ, बैठकमा त्यहीअनुसार छलफल हुनेछ ।’

शिख धर्म मान्नेहरुका गुरु नानक देवको ५५० औँ जन्मजयन्तीका अवसरमा करतारपुर करिडोरको काम शुरु गर्ने उद्देश्यले बैठक शुरु भएको अधिकारीहरुले बताएका छन् ।




सम्बन्धित
Loading...