डोडीमा ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा


डोडीको पूर्वी चौकी गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ ।




डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।

गाउँपालिका आफैंले सञ्चालनमा ल्याएका बसमा सो सुविधा दिने निर्णय गरेको सो गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए। उनले “हाम्रो गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकलाई यात्रा गर्न सहज होस् भन्नका लागि हामीले निःशुल्क रुपमा यातयात सेवा उपलब्ध गराउने बताए ।




परिचयपत्रका आधारमा उनीहरुले सो सुविधा प्राप्त गर्न सक्ने गाउँपालिकाले जनाएको छ । यसरी निःशुल्क यातायात सेवा उपलब्ध गराउने सो गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका भएको छ ।




सम्बन्धित
Loading...