बुटवलकाे थोक कृषि बजारलाई व्यवस्थित गर्न व्यवसायीकाे माग


बुटवल, ४ चैत ।




व्यवसायीहरुले थोक कृषि बजारलाई व्यवस्थित गर्न माग गरेका छन् । अहिले पुरानो बसपार्कमा सञ्चालित थोक बजारमा कोल्डस्टोर, प्रयाप्त पार्किङ स्थल नभएको र जग्गा समेत साँघुरो भएको भन्दै व्यवस्थित कृषि थोक बजार आवश्यक रहेको उनीहरुले बताए ।

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको १२ औं बार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले प्रदेश नंं ५ कै नमुना कृषि थोक बजार निर्माण गर्न उपमहानगरपालिका र प्रदेश सरकारलाई आग्रह गरे ।




कार्यक्रममा बोल्दै लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवरले निजी क्षेत्र संगको सहकार्यमा थ्रि पि मोडलमा थोक बजार निर्माण गर्न माग गरे । उनले राजमार्ग संग जोडिएको २० देखि ३० विघा क्षेत्रफलले थोक बजार निर्माण गर्दा आवश्यक मापदण्ड र पुर्वाधारको समेत विकास हुने भन्दै उनले जग्गाको पहिचान गरेर थोक बजार निर्माण गर्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बुटवल उपमहानगरपालिकाको वडा नं. १५ र १६ नं. मा ३० विगाहा क्षेत्रफलमा व्यवस्थित कृषि उपज केन्द्र निर्माण गर्ने बताए । कृषि प्रशोधन केन्द्र, प्याकेजिङ, कोल्डस्टोर, सुरक्षा चौकि सहितको थोक बजार निर्माणका लागि प्रक्रिया सुरु भएको उनले बताए ।

नेपाली कांग्रेस नगरसभापती खेलराज पाण्डेले कृषि मण्डी सारेर ब्यबसायीलाई बिस्थापित बनाउने खेल भैरहेकाेमा दुख ब्यत्तक्त गरे । उनले देबीनगर स्टेडियम मगर घाटकाे नजिक ब्यबस्थित रुपमा मण्डी राख्न सकिने भन्दै मूल सडक र भन्सारसंग सहज हुनेगिर मण्डी नराखे संचालनमा कठिनाइ हुने बताए ।

उपभोत्ता हित संरक्षण मञ्ज रुपन्देहीका अध्यक्ष नर्बु लामाले थोक बजार केन्द्रमा स्थापना भएको विषादी प्रयोगशाला सञ्चालनको ३ महिनामै बन्द हुँदा उपभोत्ताले स्वस्थकर फलफुल एवं तरकारी खान नपाएको बताए ।

कार्यक्रममा बुटवल वडा नंं ६ का अध्यक्ष जगदिश आचार्य, पुर्व अध्यक्ष गोपाल ज्ञवाली, लगाएतले बोलेका थिए । सो अवसरमा संघले भिमकान्त पन्थी, सुरेन्द्र कुमार कान्दु र लक्ष्मी डुम्रेलाई सम्मान समेत गरिएको थियो ।




सम्बन्धित
Loading...