ad

चितवनमा गैंडाको आक्रमणबाट महिला मृत्यु

97

चितवन ०५ चैत ।
चितवनमा गैडाको आक्रमणमा परी एक जना महिलाको निधन भएको छ ।
गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी रत्ननगर ७ की एक महिलाको उपचारका क्रममा सोमवार राती मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्ने क्रममा ५५ बर्षीया जानकी चौधरीलाई गैंडाले आक्रमण गरेका थियो ।
चौधरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




You might also like
Loading...