जनजाति महासंघ नवलपुरको ध्यानाकर्षण


नवलपरासी, ५ चैत्र । आफूहरुले भोगचलन गर्दै आइरहेको जग्गा आफूहरुसँगको समन्वय विना नेपाल सरकारको नाममा लालपूर्जा ल्याएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले मंगलबार सम्बन्धित कार्यालयहरुमा ध्यानकर्षण पत्र बुझाएको छ ।




आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङ्ग, जनजातिका अगुवाहरु रमिला भुजेल, इन्द्रफाल मगर, नरबहादुर ठाडा, अर्जुनकुमार श्रेष्ठ लगायतको नेतृत्वमा गएको टोलीले मंगलबार नवलपुरका विभिन्न कार्यालयहरुमा ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।

फागुन २३ गते कावासोती नगरपालिका वडा नम्बर ३ स्थित रहेको १ सय ७९ विघा जग्गा सरकारी कार्यालय रहने गरी लालपूर्जा प्रदान गरेको छ । जसमा आदिवासि जनजाति महासंघ समन्वय परिषद नवलपुरले सरक्षण गरि भोगचलन गर्दै आइरहेको २ विघा जग्गा समेत समावेश रहेको भन्दै ध्यानकर्ष बुझाएका हुन् ।




उनीहरुले आदिवासि जनजाति समुदायको धार्मिक तथा पवित्र स्थलहरु समेत नेपाल सरकारको नाममा जग्गा धनी लालपुर्जा ल्याएको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

त्यसैगरी आदिवासि जनजाति र स्थानीय समुदायमा आक्रोस र सरकारप्रति नकारात्मक भावनाको विकास गराएको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुर, जिल्ला समन्वय समिति नवलपुर र कावासोती नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

जनजाति महासंघ उक्त क्षेत्रमा सरकारी कार्यालय राख्नका लागि जग्गा अधिग्रहण तथा लालपूर्जा लिने कार्य सकारात्मक भए पनि सरकारको नाममा रहेको जग्गाधनी लालपुर्जाबाट समुदायले भोग गर्दै आइरहेको जग्गा समुदायकैै स्वामित्वमा हुनेगरी तत्काल फिर्ता महासंघको नाममा लालपूर्जा दिलाउन माग समेत गरेको छ ।

ज्ञापन पत्रमा माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।




सम्बन्धित
Loading...