ad

होली खेल्न हिँडेका युवकको दुर्घटनामा मृत्यु

126

काठामाडौँ– काठमाडौ यसैवीच काठमाडौको स्वयम्भुमा होली खेल्न हिँडेका एक युवकको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।


मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकलाई प्रहरीले उपचारका लागि मनमोहन अस्पतालमा पुर्याएको थियो ।

प्रहरीले होलीका नाममा उच्छृङ्खल गतिविधिमा संलग्न ५० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार काठमाडौका विभिन्न स्थानबाट उच्छृङ्खल गतिविधिमा संलग्न एक महिलासहित ४६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।




पक्राउ पर्नेहरुले होली खेल्ने बहानामा जवरजस्ती रङ दल्ने र लोला हान्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले विगत बर्षको तुलनामा यस बर्ष काठमाडौमा शान्तिपुर्ण रुपमा होली पर्वमा सर्वसाधारण रमाइरहेको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । उनको पचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 



You might also like
Loading...