कावासोतीका अग्निपीडितलाई काँग्रेस महामन्त्रीद्वारा सहयोग हस्तान्तरण


सन्जय भट्टराई




कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पूर्वी नवलपरासीको कावासोतीका अग्निपीडितहरुलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
केही दिनअघि आगलागी हुँदा कावासोती १३ गैरीका तीन घर जलेर नष्ट भएको थियो । अन्य २ घरमा सामान्य क्षति पुगेको थियो ।
आगलागी बाट पीडित भएका ३ घरपरिवारलाई शुक्रबार एक कार्यक्रमकाबीच काङ्ग्रेस महामन्त्री एवं पूर्वी नवलपरासी क्षेत्र नं १ का सांसद डा. कोइरालाले सहयोग स्वरुप आज तीस हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
कावासोती १३ का वडा अध्यक्ष एवं नेपाली काङ्ग्रेस वडा सभापति विनोद राना मगरको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबीच डाक्टर कोइरालाले सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे, गण्डकी प्रदेशका काङ्ग्रेस संसदीयदलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सभा सदस्य विष्णु लामिछाने लगायतको सहभागिता रहेको थियो ।
यहि चैत्र ३ गते विधुत सर्ट भई भएको आगलागीबाट कावासोती १३ का रामलाल थापा, हेमराज थापा र चोपबहादुर थापाको घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।




सम्बन्धित
Loading...