ad

ढुङगाले लागेर बालिकाको मृत्यु

106

इलाम । इलाममा जेसिबीले बाटो खन्ने क्रममा पल्टाएको ढुंगाले लागेर एक बालिकाको मृत्युु भएको छ ।


आईतबार दिउसो पात पतिंगर बटुल्न गएकि बालिकालाइ ढुंगाले लागेपछि इलाम नगरपालिका ८ की देवी न्यौपानेकी १३ वर्षिय छोरीको मृत्युु भएको हो ।
इलाम नगरपालिका ८ स्थित गरिमाटोल अन्तर्गत भित्रि कच्ची सडकमा बाटो खन्ने क्रममा बाटो मुनी पल्टाएको ढुंगाले लागेर बालिकाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
ढुङगाले टाउकोमा लागेकी बालिकाकोे घटना स्थलमानै मृत्यु भएको थियो । जेसीवि चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ ।



You might also like
Loading...