डाेटीका शिक्षा ईकाई प्रमुखलाई नेविसंघले लगाईदियाे कालाेमाेसाे


डोटी । नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमा कालो मोसो दलेका छन्। आईतवार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालो–मोसो दलेको नेपाल बिद्यार्थि संघका पुर्व आमन्त्रित केन्द्रीय सदस्य बिजय ओझाले बताए।




शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता, भ्रष्टाचार र कानुन विपरीत काम गरी रहेका बारेमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै घटनाबारे यथाशिघ्र छानविन गरी दोषीलाई हदैसम्मको कार्यवाहीको माग नेविसंघले ९ वुदे विज्ञप्ति समेत जारी गरेको छ।




सम्बन्धित
Loading...