नेपालकै कान्छी उपप्रमुख थारु राष्ट्रिय विकास परिषद् सदस्यमा नियुक्त


राम अवतार चौधरी




कपिलवस्तु । उमेरमा नेपालकै कान्छी एवम् सिलेव्रेटीको चर्चामा आएकी शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी (थारु) राष्ट्रिय विकास परिषद्को सदस्यमा नियुक्त भएकी छिन् । नेपाल सरकारको मन्त्रिपरिषद्को यहि चैत्र ११ गतेको निर्णयानुसार थारुलाई राष्ट्रिय विकास परिषद्को सदस्यमा नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोग आदेश २०७४ को दफा ७ उपदफा २ (ञ) बमोजिक नेपाल सरकार मन्त्रि परिषद्को निणर्यले उनलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरेको आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

सदस्यमा नियुक्त भएपछि उपप्रमुख थारुले आफूुले नगरलाई समृद्ध बनाउने योजनाहरु अघि सार्ने प्रतिवद्धता जनाएकी छिन् । शिवराज नगरपालिका विभिन्न जात–जातिको बसोबास रहेकोले यस क्षेत्रमा सवै जाति वर्ग सामुदायलाई समान अवसरका साथ विकास गर्न आफू तत्पर रहेको उनले बताइन् ।







सम्बन्धित
Loading...