बर्दघाटका बालक एक सातादेखि वेपत्ता





बर्दघाट १५ चैत्र । घरबाट बिद्यालय हिडेंका एक बालक बिगत एकसाता देखि बेपत्ता हुँदा पनि अझै पत्ता लाग्न सकेका छैनन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ पुर्नबास सफैया बस्ने बर्ष १५ का कक्षा ९ मा अध्ययनरत बिजय भन्ने प्रेम पाण्डे बिद्यालय जान चैत्र १० गते आईतबार घरबाट बिहान ९.ंं३० बजे हिडेका स्थानीय अजुर्न पाण्डेले बताए ।
बिद्यालय अध्ययन गर्न हिडेंका पाण्डे अझै पनि फेला पर्न सकेका छैेनन तर उनको बिद्यालयको पोशाक भने बर्दघाट नगरपालिका ७ को गंगाबस्तीको जंगलमा प्रहरीले फेला पारे पछि घटनाले नयाँ मोड लिएको उनका गाउँले अभिभाबक अर्जुन पाण्डेले बताए ।
उनी घरबाट नजिकै रहेको स्थानीय ज्ञानकुन्ज शिक्षा सदन बोर्डिग स्कुलमा अध्ययन गर्ने जेहेन्दार अनुशासीत बिद्यार्थी रहेको बिद्यालयका एक शिक्षकले बताए ।

हालसम्म पनि उनको बारेमा कुनै खबर नआउनु,स्कुलको पोशाक भेटाईनु जस्ता घटनाले यहाँका जनजीबनमा समेत संशय पैदा गरेको छ भने बिद्यार्थी, अभिभाबक समेत चिन्नित बन्न थालेका छन् स्थानीय अर्जुन पाण्डेले बताए ।
स्थानीय ले प्रहरीले मुकदर्शक भएर छानबीन तथा खोजतलाश गर्न नखोजेको भनदै आक्रोश ब्यक्त गरेका छन् ।




प्रहरीले सो घटनालाई सुक्ष्म रुपमा छानबीन गरिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । घटना मा प्रहरीले बेवास्ता गरेको भन्दै स्थानीयले बर्दघाट ईलाका प्रहरी कार्यालयमा पटक पटक धर्ना दिदैं दबाब सिर्जना गरिरहेका स्थानीयले बताए ।




सम्बन्धित
Loading...