ad

आदिवासी जनजाति महासंघ नवलपुरको विरोध

1,435

कावासोती । आफुहरुले भोगचलन र संरक्षण गर्दैै आएको कावासोती ३ स्थित खाली जग्गा सरकारी स्वामित्वमा हुने गरि लालपूर्जा ल्याएकोप्रति पुर्वी नवलपरासीका आदिवासी जनजाति सम्वद्ध संघसस्थाहरुले विरोध जनाएका छन् ।
सोमबार तमुहरुको १० औ एकता दिवस कार्यक्रममा बोल्दै नेपाल तामांङ्ग घेदुङ्ग, तमु ह्युल छोज धि, थारु कल्याणकारी समिति, नेवा दे दवु, नेपाल मगर संघ लगायतका संघसस्थाहरुले विरोध जनाएका छन् ।
कावासोती ३ स्थित १ सय ७९ विघा खाली जग्गा अन्तर्गत नेपाल आदिवासी जनजातिहरुले संरक्षण गदै आएको २ विगाहा जग्गा जनजातिहरुकै नाममा हुनुपर्नेमा समेत जोड दिएका छन् ।
आदिवासी जनजातिहरुले संरक्षण र भोगचलन गदै आएको खाली सार्वजनिक जग्गा आई एल ओ १६९ महासन्धी अनुसार सार्वजनिक जग्गाहरु अथवा जल, जमिन, जंगल, जडिबुटी आदिमा आदिवासी जनजातिहरुको विशेष अधिकार हुने भने तापनि कुनै समन्वय नगरिकन सरकारको नाममा लालपुर्जा ल्याएको भन्दै जनजाति सम्वद्ध संघसस्थाका प्रतिनिधिहरुले आक्रोश ब्यक्त गरेका हुन ।
यसैगरी कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचित आदिवासी जनजातिहरु नै जनजातिहरुको हक हितका लागि सकरात्मक नभएको समेत बताएका छन् ।
हरेक वर्षको चैत १८ गते गुरुंग समुदायले मनाईने तमु एकता दिवस सोमबार १० औ दिवसका रुपमा देशैभर मनाईयो ।
देश तथा विदेशमा यत्र तत्र छरिएर रहेका गुरुङ्ग समुदायलाई एक्यवद्ध गराउने उद्देश्यका साथ २०६५ साल चैत्र १८ गते देखि सुरु गरिएको तमु एकता दिवसको सोमबार १० औ दिवस हो ।
दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने क्रममा सोमबार पुर्वी नवलपरासी नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा पनि तमु एकता दिवस सम्पन्न गरेको छ ।
तमु ह्युल छोज धि गुरुङ्ग राष्टिय परिषद जिल्ला नवलपुरको आयोजना र बरचुली वौद्ध गुम्वाको समायोजनमा आयोजित कार्यक्रममा जिल्लाका गुरुंग अगुवा, बुद्धिजिविहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ्ग राष्टिय परिषद जिल्ला नवलपुरका अध्यक्ष ललित गुरुङ्गको अध्यक्षता एवम केन्द्रिय कोषाध्यक्ष तौ बहादुर गुरुङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।




You might also like
Loading...