सुनवलमा घर भत्काउने क्रममा दुई बालिकाको मृत्यु


सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा बिहिबार विहान घर भत्काउने क्रममा गारो खस्दा दुई बालिकाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा सुनवल नगरपालिका–१० का स्थानीय रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षा रहेका छन् ।
सुनवल नगरपालिका–१० गैंडाखालका कर्णबहादुर थापाको घर भत्काउने क्रममा खसेको गारोमा च्यापिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् ।
घाइते हुने मध्ये रमेश खत्रीकी ६ वर्षीया छोरी दिक्षाको अवस्था गम्भीर रहेको छ । अर्की ७ वर्षीया समीक्षा भुसालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
इँटा र माटोले बनेको पुरानो घर मर्मतका लागि भत्काउन थालिएको थियो । घर भत्काउने क्रममा गारो नजिक बालिकाहरू खेलिरहेका थिए ।







सम्बन्धित
Loading...