ad

सहचालकले चलाएका कारण विमान दुर्घटना

132


https://www.youtube.com/watch?v=WIMSM8sVFQo  

 

काठमाडौं । जव सावधानी गुम्छ अनि दुर्घटना नजिक आइपुग्छ । सनिबार बिहान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेको समिट एयरको विमान सहचालकले चलाएको जनाएको छ ।




पाइलटको स्तरमा क्षमता बिकास भइ नसकेका को–पाइलट (सहचालक)सुजित ढुंगानाले विमान चलाएको पुष्टि भएको हो । समिट एयरका अनुसार यात्रु र कार्गोरहित खाली विमान भएकाले कोपाइलट सुजित ढुंगानाले चलाएको जनाइएको छ ।

बिहानैदेखि हतारमा रहेको उक्त विमानले आठौं उडान भर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटना हुनुअघि सो विमानले रामेछापबाट यात्रु ओसारेका थियो ।

लुक्लाबाट रामेछापका लागि ‘टेकअफ’ गर्ने क्रममा समिट एयरको जहाज चिप्लिएर धावनमार्ग छाड्दा दुर्घटनामा परेको थियो । विमान चिप्लिएपछि मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा दुईजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए ।

समीट एयरका कोपाइलट सुजन ढुंगाना र असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते अवस्थामा रहेका असइ रुद्रबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



You might also like
Loading...