पूर्वपश्चिम लोकमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु





नवलपरासी, ५ बैशाख । पूर्वी नवलपरासीको पूर्वपश्चिम लोकमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएको पाइएको छ ।
विप्लव नेकपाको आजको नेपाल बन्दलाई लक्षित गरी शंकास्पद वस्तु राखिएको अनुमान गरिएको छ ।

आज विप्लवको नेपाल बन्द, ठाउँठाउँमा विस्फोट, कार्यकर्ता पक्राउ


पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परे पछि सडक अवरुद्ध छ ।


घटना स्थललाई प्रहरीले सुरक्षा घेरा भित्र राखेको छ भने शंकास्पद वस्तु डिस्फोज गर्न नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

अरुणखोलामा राँके जुलुस निकाल्दै गरेको विप्लवका कार्यकर्ता पक्राउ

त्यसैगरी देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि पनि रातो झोलामा शंकास्पद वस्तु फेला परेको छ ।
दुम्किौली हेल्थ पोष्ट अगाडि लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो ।


बन्दका कारण सवारी साधन छिटफुट संचालनमा रहेको भए पनि सडकका ठाउँठाउँमा शंकास्पद वस्तु फेला परे पछि प्रहरीले नै सवारी साधनलाई ठाउँठाउँमा रोकेर राखेको छ । बन्दका कारण बजार सुनसान देखिएको छ ।

बन्दलाई लक्षित गरी नवलपुरको चौधरी उद्योग अगाडि बम बिस्फोट

बन्दको पूर्व सन्ध्यामा बुधबार साँझ चौधरी उद्योग अगाडि विस्फोट भएको थियो भने अरुणखोलामा राँके जुलुस निकाल्ने क्रममा पुरुषोत्तम रेग्मी फक्राउ परेका थिए ।

 




सम्बन्धित
Loading...