कावासोतीमा वम विस्फोट, ठाउँठाउँमा वम आतंक (भिडियो सहित)





नवलपुर, ५ बैशाख ।
पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा विहीबार बम विस्फोट भएको छ । कावासोतीको मुख्य बजार इन्द्रचोकमै वम विस्फोट भएको हो । विस्फोटको आवाज परसम्म सुनिएकोले वम निक्कै शक्तिशाली भएको स्थानीयले जनाएका छन् ।
विस्फोटबाट मानवीय क्षति भने भएको छैन । इन्द्रचोकको खाली स्थान झाडीमा बम विस्फोट भएको थियो ।

पाल्पामा वम विस्फोट, प्रतिक्षालय र गाउँपालिकाको भवनमा क्षति




त्यसैगरी गैडाकोट नगरपालिका १४ बेल्डियामा रहेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । उक्त वस्तु वम नै भएको बताइएको छ ।
इता दुम्कौली स्वास्थ्य चौकी अगाडि राखिएको शंकास्पद वस्तु झोला भित्र भने जेरीपुरी भेटिएको छ ।

भारतीय ट्रकमा बम प्रहार

बन्दको बेला सवारी साधन चलाएको भन्दै विप्लवका कार्यकर्ताले कावासोती १६ डण्डा पत्थर खोला निर एउटा भारतीय ट्रकमा बम प्रहार गरेका छन् ।

कावासोतीमा ट्रकमा विस्फोटक पदार्थ प्रहार

बमबाट आगोलागी ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ ।
भारतको गुजरातबाट काठमाडौं प्लाई ल्याउँदै गरेको आर जे ०२ जी बि २८७० नम्बरको ट्रकमा आगलागी भएको हो ।
ट्रकमा लागेको आगो प्रहरी र सेनाको टोलीले निभाएका कारण ठूलो क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम लोकमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु




सम्बन्धित
Loading...