कावासोतीमा स्कुटी र मोटरसाइकल ठक्कर खाँदा चार जना घाइते


कावासोती । कावासोतीमा विहीबार मोटरसाइकल र स्कुटी एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् ।
लु ३७ प १११५ नम्बरका मोटरसाइक र बा १४ प ५५५२ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा परी मोटरसाइकल र स्कुटीका चालक र सोही मोटरसाइकल र स्कुटीमा सवार गरी ४ जना घाइते भएका हुन् ।
नवलपुर प्रहरीका अनुसार दुर्घटनामा परी सुनवल ११ का २० बर्षीय जितेन्द्र प्यासी, सुनवलकै बर्ष २० को नितेश यादव, कावासोती ३ का ५४ बर्षीय प्रेम थापा र ३७ बर्षीय शान्तिमाया गिरी घाइते भएका हुन् ।







सम्बन्धित
Loading...