ad

गुल्मीमा १४ वर्षिय वालिका वलात्कृत, बलात्कारी प्रहरीद्दारा पक्राउ

66

गुल्मी ५ बैशाख
गुल्मीमा१४ वर्षिय वालिका वलात्कृत भएकी छन । जिल्लाको छत्रकाेट गाउँपालिका ६ कि १४ बर्षिय वालिकालाई  पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षिय हनुमान भनिने समीर मियाले वलात्कार गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।


मामाघर गएर अामासगै घर फर्केकी बालिकालाई माेटरसाईकलमा अाएका मियाले घर पुराईदिने भन्दै अामाकाे सहमतिमा माेटरसाईकलमै लिएर आएको र बीच वाटाेमा पैसा दिने प्रलोभन देखाएर वलात्कार गरेकाे जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार वस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार मियाले कसैलाई नभन्नु भन्दै पाँच सय रुपैया वालिकालाई दिएर फरार भएका थिए । आरोपितलाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँची जिल्लाको अर्घाताेष प्रहरी चाैकिकाे सयुक्त प्रहरीको टाेलीले  एक घरमा लुकेर वसेकाे अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेको छ ।




वालिका वलात्कृत गर्ने मियालाई जवरजस्ती करणी अभियाेगमा मुद्दा चल्ने र अन्य घटनाका वारेमा थप अनुसन्धान भैरहेकाे वस्नेतले बताए । घटना वुधवार दिउसाे भएको वताईएकाे छ । मिया भैंसी व्यापारी हुन ।



You might also like
Loading...