बुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा


तस्वीरः बुटवल अनलाइन



प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा कालो झण्डा देखाइएको छ । जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे हुन ।एक्कासी उनले कालो झण्डा देखाउँदै जितगढि जिन्दाबाद, उजिरसिंह जिन्दाबाद, हाम्रो देश प्राण भन्दा प्यारो छ, भन्दै नारा लगाएका थिए । एक्कासी नारा लगाएपछि प्रधानमन्त्री ओलीले केही समय मन्तव्य राकेका थिए भने उपस्थित दर्शक समेत अचम्मित भएका थिए ।




प्रहरी समेत अलमलमा परेको थियो । केही समय पछि मात्र प्रहरीले उनलाई कार्यक्रम स्थल बाट बाहिर निकालेको थियो । बाहिर निकाल्न ढिला गर्दै गर्दा प्रधानमन्त्रीले ओलीले मञ्जबाटै कसैले पठाएर आएको विचारा भन्दै सवैलाई शान्त संग बस्न आग्रह गरेका थिए । उनी कुन पार्टी कार्यकता हुन् भन्ने पुष्टि हुन सकेको छैन ।




सम्बन्धित
Loading...