ad

बस दुर्घटनामा, ५ जनाको मृत्यु २६ घाइते

152

कावासोती, ११ बैशाख । डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जना मृत्यु भएको छ भने २६ जना घाइते भएका छ्न । भीमदत्त राजमार्ग अन्र्तगत डडेलधुराको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो ।
५ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरे ।


धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ बस दुर्घटनामा परेको हो । प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरेर डडेल्धुरा अस्पताल डडेल्धुरा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

बस सडक बाट १०० मिटर तल खसेको जनाइएको छ । मृतकहरुको सनाखत हुन बाँकी नै छ भन घटनाका कारण र अन्य विस्तृत विवरणहरु आउन बाँकी नै रहेको छ ।






You might also like
Loading...