ad

भैरहवामा अवैध रुपमा सञ्चालनमा रहेको औषधि पसल सिलबन्दी

128

बुटवल,१३ वैशाख।
राजश्व अनुसन्धान कार्यालय बुटवलले भैरहवा गल्लामण्डीमा अवैध रुपमा सञ्चालनमा रहेको औषधि पसल सिलबन्दी गरेको छ ।
त्यसैगरी त्यहाँ कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लारी मेडिसीन पसलमा काम गर्ने इब्राइम खाँन रहेका छन् । भारतबाट चोरी पैठारी गरी चार हजार नौ सय थान हेमोटप गोल्ड सफ्टजेल क्याप्सुल नाम गरेको औषधीको खाली खोल र उमरटप सफ्टजेल क्याप्सुल ६० प्याकेट प्रहरीले बरामद गरेछि राजश्व अनुसन्धान कार्यालय बुटवलबाट गएको टोलीले बिहीबार अपरान्ह पसल सिल गरेको हो ।
प्रहरीले उक्त सामान बरामद गरेको थाहा पाएपछि पसल सञ्चालक नुर अजहर भने पसल बन्द गरेर फरार रहेका छन् ।


साइनबोर्ड समेत नरहेको पसलमा राजश्व अनुसन्धानको टोलीले सिलबन्दी गरेको हो ।
पसल बन्द भएका कारण त्यहाँ के कस्ता प्रकृतिका औसधिहरु बिक्रि बितरण हुन्छ र ति बैधानिक छन की छैन भन्ने बिषयमा अनुसन्धान भैरहेको राजश्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका खानलाई अदालतबाट आजै म्याद थप गर्ने तयारी भैरहेको उनले बताए ।
उमर ट्रेडर्स नेपाल कम्पनि लेखिएको औषधिको खोल भारतबाट चोरी पैठारी गरी ल्याइनुले सो औषधि कम्पनि नेपालमा अबैध रुपमा सञ्चालनमा रहेको हुन सक्ने आशंका गरीएको छ ।
पसलमा साइनबोर्ड समेत नहुनु,कम्पनिको ठेगाना उल्लेख नहुनु र मुल्य समेत नखुलाइनुले कम्पनिकै बैधानिकतामाथि थप प्रश्न चिन्ह खडा भएको छ ।






You might also like
Loading...