नवलपरासी सहित देशभरका अदालतका कर्मचारीहरु आन्दोलित


नवलपुर । थप सेवासुविधा माग गर्दै नवलपुरसहित देशभरका अदालतका कर्मचारीहरु आन्दोलित भएका छन् ।
न्याय सेवाका कर्मचारीहरुलाई पनि प्रोत्साहन भत्ता दिनुपर्ने, वरीष्ठताको आधारमा न्यायिक सेवामा सिफारीस हुनुपर्ने जस्ता माग राख्दै नवलपुर जिल्ला अदालतसहित देशभरका अदालतका कर्मचारीहरु आजदेखि आन्दोलीत भएका हुन् ।
न्याय सेवाका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता नदिने अर्थ मन्त्रालयको सचीवस्तरिय निर्णयको विरोधमा आजदेखि एक हप्ताका लागि देशभरीका अदालतका कर्मचारीहरुले हातमा कालो पट्टी बाधेर काम गरेका छन् । जिल्ला अदालत नवलपुरका कर्मचारीहरुले पनि आज हातमा कालोपट्टि बाँधेर काम गरेका थिए ।
२०६९ फागुनदेखि कार्यसम्पादन सूचकको आधारमा तलबको ५० प्रतिशत अतिरिक्त भत्ता प्रदान हुदै आएको थियो । अहिलेका प्रधानन्याधिस तथा तत्कालिन न्यायाधिस कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त ईजलासले अरु सेवाका कर्मचारीहरुले झंै न्याय सेवाका कर्मचारीहरुलाई पनि अतिरिक्त भत्ता प्रदान गर्न २०६९ असार १२ गते आदेश दिएको थियो ।
एक हप्तासम्म कालो पट्टी बाधेर काम गर्ने र त्यो बेलासम्म पनि मागको सुनुवाई नभए थप आन्दोलनका कार्यक्रमहरु गर्ने उनीहरुको भनाइ छ । न्याय सेवाका कर्मचारीहरुले विहान ९ बजेदेखि १० बजेसम्म १ घण्टा अतिरिक्त काम पनि गर्दै आएका छन् ।







सम्बन्धित
Loading...