नेपाली यू १६ टोली एशियाली क्रिकेटको फाइनलमा


नेपालको १६ वर्षमुनिको क्रिकेट टोलीले हङकङलाई पराजित गर्दै एशियाको पूर्वी क्षेत्रको प्रतियोगिताको फाइनलमा पुगेको छ।




थाइल्यान्डमा भइरहेको प्रतियोगितामा साबिकको विजेता नेपालले हङकङलाई चार विकेटले पराजित गरेको हो।

हङकङले ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएकोमा नेपालले २१.४ ओभरमा छ विकेट गुमाएर सो लक्ष्य प्राप्त गरेको छ।फाइनल खेल आइतवार हुनेछ।




नेपाल एसीसी यू–१६ काे समूह विजेता




सम्बन्धित
Loading...