नवलपुरको नेकपा एकताः स्थानीय तहमा टुङ्गियो


अर्जुन अविरल




केन्द्रले जिल्ला एकताको विषय टुंगो लगाए पछि नवलपुरमा पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता स्थानीय तहमा टुंगिएको छ।

चार नगरपालिका र ४ गाउँपालिका रहेको नवलपुरमा नगरपालिकामा २, २ अध्यक्ष र २, २ मा सचिव बाडिएको छ भने ४ गाउँपालिका मध्ये ३ मा पूर्व एमाले र १ मा पूर्व माओवादी केन्द्रले अध्यक्ष लिएको छ । त्यस्तै गाउँपालिकाका ३ सचिव माओवादी केन्द्रले र १ सचिव एमालेले लिएको छ।
८ स्थानीय तह मध्ये कावासोती नगरपालिका र बौदीकालि गाउँपालिकाको अध्यक्ष र सचिवको नाम टुंगो लागेको छैन भने बाँकी ६ स्थानीय तहमा नाम जिम्मेवारी समेत तय गरिसकेको छ।




नगरपालिका

१ गैडाकोट

अध्यक्ष: षडानन्द लामिछाने पूर्व एमाले

सचिव: श्यामसुन्दर लामिछाने पूर्व माओवादी

२ देवचुली

अध्यक्ष: प्रेमा खनाल पूर्व माओवादी

सचिव: डिलाराम पाण्डे पूर्व एमाले

३ कावासोती

अध्यक्ष: पूर्व एमाले

सचिव: पूर्व माओवादी

४ मध्यविन्दु

अध्यक्ष: टीकाराम घर्ती मगर पूर्व माओवादी

सचिव:दुर्गाप्रसाद भुर्तेल पूर्व एमाले

गाउँपालिका

१ बुलिङटार

अध्यक्ष: टंक माकिम पूर्व एमाले

सचिव: यम बहादुर सारु पूर्व माओवादी

२ बौदीकाली

अध्यक्ष: पूर्व एमाले

सचिव: पूर्व माओवादी

३ हुप्सेकोट

अध्यक्ष: चन्द्र बहादुर थापा पूर्व माओवादी

सचिव: झविलाल राना पूर्व एमाले

४ विनयी त्रिवेणी

अध्यक्ष: रिपलाल विश्वकर्मा पूर्व एमाले

सचिव: कृष्ण प्रसाद पाण्डे पूर्व माओवादी




सम्बन्धित
Loading...