इन्डोनेशिया निर्वाचन: मतगणनामा खटिएका २७० भन्दा बढी कर्मचारीको मृत्यु

167

इन्डोनेशियामा भर्खरै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको एक अधिकारीले बताएका छन्। तीमध्ये अधिकांश थकाइसम्बन्धी समस्याबाट पीडित थिए।




निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोका अनुसार अरू १८ सय ७८ कर्मचारी बिरामी परेका थिए।

एप्रिल १७ मा भएको निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न झन्डै ७० लाख व्यक्ति खटिएका थिए।




उखरमाउलो गर्मी भएका बेला कर्मचारीहरूले राति पनि काम गर्नु परेको थियो। त्यसले धेरैलाई अस्वस्थ बनायो।

झन्डै २६ करोड जनसङ्ख्या भएको इन्डोनेशियामा खर्च जोगाउन केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपतिको चुनावमा एकैदिन मतदान भएको थियो।

त्यहाँ १९ करोड ३० लाख मतदाता थिए। योग्य मतदातामध्ये ८० प्रतिशतले मतदान गरेका थिए। त्यहाँ आठ लाख मतदान केन्द्र थिए।

अधिकांश पीडितहरू अस्थायी कर्मचारी भएको बताइएको छ। निर्वाचन आयोगका प्रवक्ताका अनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भएर मृत्यु भएको हो।



सम्बन्धित
Loading...
error: Content is protected !!