दाङमा दुर्घटना दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर


दाङको देउखुरीमा  गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुबाङ सडकखण्डको पिपरीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएलगत्तै ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।




दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलका चालक र पछाडी बसेका दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ। मृत्यु हुनेमा  लमही नगरपालिकाका २७ वर्षीय बिनय चौधरी र घोराही उपमहानगरपालिका बस्ने २६ वर्षीय बालकृष्ण भण्डारी रहेका छन्।





सम्बन्धित
Loading...