विप्लवका नवलपुर जिल्ला सदस्यद्वारा पार्टी परित्याग





नवलपरासी, ४ कात्तिक ।
विप्लव नेकपाका नवलपुर जिल्ला सदस्य अनिल परियारले नेकपा पार्टी परित्याग गरेका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै उनले विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
कावासोती ८ निवासी अनिल परियारले आजको मितिदेखि विप्लव नेतृत्वका नेकपा कम्युनिष्ट पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरी स्वतन्त्र रहेको जनाएका छन् ।
उनले आफू निक्कै लामो समयदेखि नेकपा पार्टीको कुनै पनि सम्पर्कमा नरहेको र अबको दिनमा पनि पार्टीको कुनै पनि गतिविधिमा संलग्न नहुने गरी स्वतन्त्र रहेको कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछु भनेर विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट विप्लव नेतृत्वको नेकपामा लागेका उनी केही समय युवा मोर्चामा समेत काम गरेका थिए ।







सम्बन्धित
Loading...