ad

एमाले सचेतक शान्ता चौधरीको गाडी अर्जुनखोलामा खस्यो

200

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरी चढ्ने गाडी दाङमा दुर्घटनामा परेको छ ।


सांसद चौधरीलाई घोराहीमा छाडेर लमही जाँदै गरेको बा २ झ २८७१ नम्बरको गाडी लमही–घोराही सडकखण्ड अन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजे दुर्घटना भएको हो ।

सो गाडी सडकबाट करिब एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।




दुर्घटनामा परेपछि चालक रतन चौधरी सकुशल छन् । सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेको उनले बताएका छन् ।

चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सरकारले संसदीय दलको सचेतकका हैसियतले उनलाई गाडी सुविधा उपलब्ध गराएको थियो ।\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\



You might also like
Loading...