बर्दघाटको व्यापार मेला शुरु (फोटो फिचर)


पश्चिम नवलपरासीको बर्दघाटमा विहीबारदेखि व्यापार मेला शुरु भएको छ । मेलाको प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे ।
मेलाका उद्घाटन गर्दै उनले भारतको नाकाबन्दीको बेला समेत डटेर सामाना गर्न सक्ने नेपालीसँग आर्थिक विकासका लागि एक ढिक्का भएर अगाडि बढ्ने बेला आएको बताए । उनले व्यक्ति समृद्ध हुँदैमा मुलक समृद्ध बन्न नसक्ने बताउँदै सबै समृद्ध हुन सके मात्र मुलुक समृद्ध हुनेमा जोड दिए ।
प्रदेश मन्त्री गिरीले समृद्ध मुलुक निर्माणका लागि सबैभन्दा पहिले कृषि क्षेत्रको विकास गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए ।
बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा विहीबारबाट शुरु भएको चौथो बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापारमेला २०७६ मंसिर १ गते समापन हुने छ ।
व्यापार मेला उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी, उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधी तिवारी, सम्विधान सभा सदस्य कृष्ण पौडेल, संविधान सभा सदस्य विक्रम खनाल, बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल, नेपाल कम्युनिष्ट पार्टिका जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली कांग्रेसका बर्दघाट नगर सभापति सम्भुलाल श्रेष्ठ, दिब्यज्योती बहुमुखी क्याम्पसका अध्यक्ष बृहस्पती अधिकारी, बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजु पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।
मेलाको उद्घाटन पूर्व विभिन्न जातजाती, संघ संस्थाका व्यानर सहितका र्याली निकालिएको थियो ।










सम्बन्धित
Loading...