विप्लवको कारबाहीमा परेका पूर्वइञ्चार्ज पक्राउ





काठमाडौं । प्रतिबन्धित विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् । केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो ।

भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोन लगायत सामग्री बरामद भएको जानकारी दिए ।


पक्राउ परेका केसी विप्लव समूहका पूर्व केन्द्रीय सदस्य समेत हुन् । उनको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीले कारबाही गरेको थियो ।




सम्बन्धित
Loading...