शैक्षिक भ्रमण आएको बस चोरमारामा दुर्घटना हुँदा १० जना घाइते 





चोरमारा । दाङको लमहीबाट शैक्षिक भ्रमणमा आएको बस शुक्रबार दिउँसो ब्रेक फेल भई नवलपरासीको चोरमारामा दुर्घटना हुँदा बस चालक सहित १० जना घाइते भएका छन् ।

दाङको लमही नगरपालिका ८ सतबरियाको राप्ती माविबाट भ्रमणमा हिडेको ना ५ ख ३२०० नम्बरको बस नवलपरासीको मध्यविन्दु नगरपालिका १५ चरङ्गे नालामा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


दु्र्घटनामा परी बस चालक सहित १० जना घाइते भएको र घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भईरहेको छ ।




सम्बन्धित
Loading...