न्यूज फेस्टिबलका लागि नवलपुरका पत्रकारसँग अन्तरक्रिया





कावासोती । लुम्बिनी प्रेस क्लब सिद्दार्थनगर भैरहवाले गर्न लागेको लुम्बिनी न्युज फेस्टिबलको लागि नवलपुरका पत्रकारहरसँग शुक्रबार अन्तरक्रिया गरिएको छ ।
क्लबले मसिर १ देखि ३ सम्म गर्न लागेको फेस्टिबलका लागि नवलपुरका पत्रकारसँग आयोजकले छलफल गरेको हो ।
फेस्टिबलमा ३ सय जना पत्रकारहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
लुम्बिनी प्रेस क्लब सिद्दार्थनगर भैरहवाले लुम्बिनी न्युज फेस्टिबलको आयोजना गर्ने भएको हो।
क्लबका अध्यक्ष दिपक पछाइले फेस्टिबलको अवसरमा बौद्धको जन्मस्थल लुम्बिनी र बौद्धसँग सम्बन्धित रामग्राम र तिलौराकोटको क्षेत्रमा संयुक्त अध्ययन भ्रमण गरिने बताए ।
बुटवलमा हुने फेस्टिबलमा ३ दिन सम्म छुट्टाछुट्टै विषयका बिज्ञले कार्यपत्र लगायतका प्रस्तुती गर्ने र त्यसमाथि छलफल गरेर साझा धारणा बनाउने आयोजकले जनाएको छ ।




सम्बन्धित
Loading...