चार युवतीलाई भारत बेच्न लगेको आरोपमा चितवनकी एक महिला पक्राउ


मानव बेचविखनको आरोपमा चितवन रत्ननगर नगरपालिका–२ बस्ने २९ वर्षीय सपना प्रजापति पक्राउ परेकी छन् ।




जिल्ला प्रहरी कार्यालय कैलालीले मानव बेचबिखनमा संलग्न रहेको भन्दैशुक्रबार साँझ उनलाई पक्राउ गरेको हो ।

रोजगारी दिलाइ दिने भन्दै चार जना युवतीलाई भारतको नयाँदिल्ली लैजाँदै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले बताए ।

‘चारजना युवतीलाई घरमासमेत सम्पर्क गर्न नदिई काठमाडौंको कंलकीबाट धनगढी हुँदै सिमावर्ती भारतीय शहर पलिया पु¥याएको सूचना पाएपछि भारतीय एसएसबीको सहयोगमा चारै जनाको उद्धार गरी प्रजापतीलाई पक्राउ गरिएको हो,’ डीएसपी बस्नेतले भने ।

उद्धार गरिएका युवतीहरु नुवाकोट, काठमाडौं, सिन्धुपाल्चोकका छन् । प्रहरीले चारैजना युवतीलाई शान्ति पुनःस्थापना गृह धनगढीमा राखेको छ । रोजगारीको बहानामा ती युवतीहरुलाई भारतमा बेच्न लैजान खोजिएको प्रहरीको प्रारम्भिक अनुमान छ । पक्राउ परेकी प्रजापतीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





सम्बन्धित
Loading...