गल्फ टुनामेन्टको उपाधि लामालाई 





नवलपुर  –चौधरी इन्डसिट्रयल पार्कमा जारी प्रीसिडेण्ट कप गल्फ टुनामेण्टको उपाधि फिन्टोस ओन्डडि लामाले हात पारेका छन ।

व्यवसायिक गल्फ खेलाडी लामाले आफ्ना प्रतिस्पर्धि लेफटिनेन्ट अर्जुन गुरुंगलाई ३५ –३६ स्कोरले पछि पार्दै उपाधि हात पारेका हुन् । दुम्कौली स्थित गल्फ रिट्रीटमा भएको एक दिने गल्फ टुनामेन्टमा ३५ खेलाडि सहभागी थिए ।


प्रतियोगितामा ग्रस विनर राज प्रधान, सिनियर विनरमा एसके सिंह, गेष्ट विनरमा गंगावहादुर पुन, लामोदुरीको बिजेतामा प्रचण्ड बहादुर श्रेष्ठ रहेका छन ।

दुम्कौली स्थित सिजी गल्फमा आयोजित प्रतियोगिता २०१९ मा देशभरीका ३५ जना चर्चित गल्फ खेलाडिको सहभागिता रहेको थियो । शनिवार सम्पन्न प्रतियोगिताका बिजेतालाई शिल्ड र ट्रफी वितरण गरिएको थियो ।

दुम्कौली स्थित चौधरी उद्योग ग्राम हातामा सुबिधासम्पन्न ९ होल रहेको गल्फ कोर्ट रहेको छ । गण्डकी प्रदेशको पोखरामा हिमालयन गल्फ कोर्ट रहेको छ । यहाँको गल्फ कोर्टमा स्वदेश विदेशका व्यवसायिक गल्फ खेलाडि आउने गर्छन । गल्फ कोर्ट हातामै अत्याधुनिक रिसोर्ट पनि रहेको छ । चौधरी ग्रुपले यहाको गल्फ प्रर्बधनकालागि नियमित शिकारु खेलाडिलाई माशिक १ हजार शुल्क लिएर प्रशिक्षण दिने गरेको छ ।

चौधरी उद्योग हातामा रहेको गल्फ कोर्ट गण्डकी प्रदेशकै उत्कृष्ट र सुबिधा सम्पन्न हो । यहा गल्फ खेल्ने शौखिन खेलाडिहरु हेलिकप्टर चार्टर गरेर समेत आउने गर्छन ।




सम्बन्धित
Loading...