ad

विप्लवका पूर्व कार्यकर्ता प्रहरी नियन्त्रणमा

552


कावासोती । विप्लव नेकपा छाडेर नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेको अनिल परियारलाइ आइतबार साँझदेखि प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाका अनुसार अनिललाई आइतबार प्रहरीले काम छ भनि कार्यालयमा बोलाइ रातभर प्रहरी नियन्त्रणमा राखेका हुन् ।
थापाका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी विष्णु कार्की सम्पर्कमा नभएको कारण देखाउँदै आइतबार रात भर प्रहरी नियन्त्रणमा राखिएको हो ।
अनिल लगायतका विप्लवका दर्जन बढी कार्यकर्ता नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए ।
उनीहरुले आवश्यक कागजात र पार्टी छाडेको र पार्टी प्रवेशको कागजात सहित जिल्ला अदालतमा पेश गरेर साधारण तारेखमा रिहा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले आफूले माथिको आदेश अनुसार नियन्त्रणमा लिएको र उनको पुरानो मुद्दा रहे नरहेको सोधपुछ र छानविन गरेपछि मात्र माथिको आदेशमा छाडिने बताए ।

 

 

विप्लवका जिल्ला सदस्य अनिल सहित दर्जन बढी कार्यकर्ता वैद्य माओवादीमा प्रवेश




विप्लवका नवलपुर जिल्ला सदस्यद्वारा पार्टी परित्याग

 



You might also like
Loading...