ad

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण नेपालकै सरकारी अस्पतालमा

379

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण अब नेपालकै अस्पतालमा गरिने भएको छ।



प्रत्यारोपण गर्ने अस्पतालबारे चर्चा भइरहेका बेला ओलीका चिकित्सकहरु यस्तो निचोडमा पुगेका हुन्। अहिलेको अवस्थामा चिकित्सकहरुले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा गर्ने तयारी थालेको स्रोतले बताएको छ।   गत कात्तिकदेखि मिर्गौलाले काम गर्न छोडेपछि ओली अहिले नियमित डायलाइसिसमा छन्। ओलीले पहिलो पटक १२ वर्ष अगाडि भारतमा  मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले लिन छाडेपछि ओलीले कात्तिकदेखि नियमित डायलाइसिस गर्दै आएका छन्।  प्रधानमन्त्रीको उपचारमा संलग्‍न मेडिकल टिम केही हप्ताभित्रै दोसो पटक मिर्गौला प्रत्यरोपण गर्ने तयारीमा जुटेका छन्।

केही दिनअघि बालुवाटारमा प्रधामन्त्री ओलीको परिवार, पार्टीका केही उच्च नेता र मेडिकल टिमले तयारीबारे बैठकसमेत बसेको स्रोतले बताएको छ। स्रोतलले भने भन्यो, ‘ उहाँको स्वास्थ्य यही अवस्थामा नबिग्रिए चैत पहिलो हप्ता भित्रै प्रत्यारोपण गर्ने तयारी भएको छ।’ दोस्रो पटक प्रत्यारोपण गर्न तयार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस अघि नै दुईजना नातेदारले मिर्गौला दान गर्न तयार भइसकेका छन्। १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले लिन छाडेपछि दोस्रो पटक प्रत्यारोपण तयारी गरिएको हो। ओलीलाई मिर्गौला दिन नेपालमै रहेकी एकजना भाञ्‍जी नाता पर्ने महिला र अमेरिकामा रहेका भाञ्‍जा नाता पर्ने पुरुष तयार भएका हुन्।




चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएका छन्। त्यसपछि दाताको खोजी थालिएको थियो। तर गत मंसिर पहिलो हप्ता  एपेन्डिटाइटिसका कारण पेटमा संक्रमणले अपरेसन गर्नुपरेपछि ओलीको मिर्गौला प्रत्यारोपण पर धकेलिएको थियो। प्रधानमन्त्री ओली आफैँले केही दिनअघि मात्रै बागमती प्रदेशको कार्यकर्ता भेलामा छिट्टै मिर्गौला प्रत्यारोपण गर्ने बताएका थिए । उनले त्यसबेला प्रत्यारोपणपछि पाँच दिन अस्पताल बस्‍ने र छैटौँ दिनमा घरमै आएर काम थाल्ने बताएका थिए।

सरकारी अस्पताल ओलीको इच्छा

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले विदेशमा भन्दा नेपालकै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न इच्छा देखाएका छन्।त्यसपछि मेडिकल टिमले ओलीको इच्छाअनुसार तयारी थालेको हो।

धेरै विज्ञ चिकित्सकहरु कार्यरत विगतमा पनि मिर्गौला प्रत्यारोपणमा राम्रो सफलता पाइरहेको त्रिवि शिक्षण अस्पतालमा नै ओलीले मिर्गौला प्रत्यारोपण गर्न इच्छा देखाएपछि तयारी थालिएको हो। बाहलवला प्रधानमन्त्रीले  नेपालकै सरकारी अस्पतालमा उपचार गराउँदा सरकारी अस्पतालप्रति जनताको विश्वास बढ्ने मानिएको छ। अर्कातिर नेपाली चिकित्सक दक्ष रहेको र नेपालमै पनि सुविधासम्पन्‍न उपकरण छ भन्‍ने सन्देश जाने भएकाले प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा नै उपचार गर्ने इच्छा देखाएका हुन्।

स्रोतले भन्यो, ‘उहाँले आफू पनि जनताले जस्तै नेपालकै सरकारी अस्पतालमा यहीँको सेवा सुविधा उपभोग गर्दै प्रत्यारोपण गर्न तीव्र इच्छा देखाउनु भएकोले त्यही अनुसार तयारी गरिएको छ।’, स्रोतले भन्यो ‘उहाँको मिर्गौला प्रत्यारोपण अब नेपालकै सरकारी अस्पताल शिक्षण अस्पतालमा हुने निश्चित प्राय छ, यसको अन्तिम निर्णय चिकित्सकको टोलीले लिने छ, यदि शिक्षण अस्पतालमा भएन भने ग्रान्डी अस्पतालमा हुने सम्भावना छ।’ यता प्रधानमन्त्रीको उपचारमा संलग्‍न एक चिकित्सकले पनि प्रत्यारोपण छिट्टै गरिने बताए। तर उनले मिति भने एकीन खुलाएनन्।



सम्बन्धित
Loading...
error: Content is protected !!