प्रतापपुर स्वास्थ्य शाखाले गठन गर्यो आर.आर.टि टोली

  • श्याम थापा –


पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको स्वास्थ्य शाखाले द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।
बिपद र स्वास्थ्यका बिषयमा समुदायमा हुने प्रतिकुल अवस्थाको ब्यवस्थापन तथा प्राविधिक सहयोग गर्ने उद्धेश्यले गठन गरिएको द्रुत प्रतिकार्य टोली  जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र सेमरीका प्रमुख डा.गोल्डी जयसवालको अध्यक्षतमा ७ सदस्यीय टोली गठन भएको हो ।
जसमा बैदौली स्वास्थ्य चौकीका इन्चार्ज अहेब बिनोद कुमार कोहाँर, गुठीसूर्यपुरा स्वास्थ्य चौकीका इन्चार्ज संजय कुमार शर्मा, स्टाफ नर्स पुनम पासी, अनमी श्वेता चौधरी, ल्याब टेक्निसियन रेनुका चापागाई र कार्यालय सहयोगी गोरखनाथ धोबी रहेका छन् ।
छिमेकी राष्ट्र चिन लगायत बिभिन्न देशमा देखा परेको कोरोना भाइरस जस्ता रोगहरु र ति रोगहरुबाट निम्तिने क्षतिहरुबाट जोगाउने उद्धेश्यले द्रुत प्रतिकार्य टोली गठन गरिएको प्रतापपुर स्वास्थ्य शाखाका संयोजक ऋषीदेव चौधरीले बताएका छन् ।





सम्बन्धित
Loading...