ad

सुनको मूल्य प्रतितोला ८२ हजार ५ सय

266



आइतबार सुनको मूल्य प्रतितोला ८२ हजार ५ सयमा कायम छ। शुक्रबार एकै दिन १८ सयले बढेर सोही मूल्यमा नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर छ।

अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर ०. ५ प्रतिशतले घटाएर १. २५ प्रतिशत कायम गरेपछि सुनको मूल्य थप बढेको थियो। अमेरिकाले ब्याजदर घटाउँदा लगानीकर्ता सुनमा आकर्षित हुन्छन्, यसले अन्तर्राष्ट्रिय माग बढ्न गई मूल्यमा दवाव पर्दछ।




त्यसबाहेक पछिल्लो समय कोरोनाभाइरसको बढ्दो प्रभावले पनि सुनप्रति लगानीकर्ताको विश्वास बढेको छ। अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस १६७४ अमेरिकी डलर पुगेको छ।

आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महास‌घले बताएकाे छ।



सम्बन्धित
Loading...
error: Content is protected !!