मकैमा फौजि किराको आतंक


बिबेक भण्डारी –




असार ०२,नवलपुर ।


किसानले लगाएको मकैमा अमेरीकन फौजि किराको प्रकोप बढ्न थाले पछि यो वर्ष मकै उत्पादनमा कमि हुने भन्दै जिल्लाका किसानहरु चिन्तित बनेका छन । जिल्लाको नवलपुरमा मकैका लागि पकेट क्षेत्र घोषणा गरिएको स्थानमा पनि फौजि किराको आतंक बढ्न थाले पछि पकेट क्षेत्रमा समेत यो वर्ष लगाइएको मकै उत्पादनमा भारि मात्रामा गिरावट आउने किसानहरुले बताएका छन । मकै पसाउने र फल्ने बेलामा अहिले किसानहरु फैजि किरा निर्मुल पार्ने उपाय खोजि रहेका छन । जिल्लाको गैडाकोट, देवचुली र हुप्सेकोट क्षेत्रमा लगाइएका मकैमा फौजि किराको प्रकोप बढि मात्रामा देखिएको छ । कृषिज्ञान केन्द्र इकाइ कावासोतीको तथ्याङ अनुसार जिल्लामा करि २३ सय हेक्टर क्षेत्रफलमा मकै खेति गरिएकोमा सबैमा फौजिकिराको प्रकोप देखिएको जनाएको छ । किसानले नलगाएको मकैमा देखिएको फौजिकिरा न्युनिकरण र यसको व्यवस्थापनका लागि स्थानियतहमा रहेका कृषि शाखाहरुले न्युनिकरणको उपाय र विषादि प्रयोग सम्बधि कार्यहरु गरेको देवचुली नगरपालिकाका कृषि शाखाका प्रमुख नरेन्द्र भण्डारीले बताए । उनका अनुसार जिल्लाका सबै जसो स्थानमा कृषकहरुले लगाएको मकैमा फौजिकिराले आतंक मच्याएको बताए ।

यता किसानले लगाएको मकैमा फौजिकिराको आतंकले गर्दा मकै उत्पादनमा गरिएको लगानि खेर जाने भन्दै किसानले गुनासो गरेका छन । जमिन लिजमा लिएर मकै खेति गरेका किसानहरु बढि मारमा परेको कृषकहरु बताउछन ।

फौजि किरा नियन्त्रण र यसको रोक थामका लागि कुनै उपाय नभएको र यसले मकैमा पुर्याएको क्षतीको उचित राहत किसानहरुले नपाउने हुदा थप समस्या भएको कृषकहरुले चिन्ता व्यक्त गरेका छन । जिल्लामा मकै उत्पादनका लागि मात्र करिव ४५ लाख रुपैया बढि किसानहरुले लगानि गर्दे आएका छन तर सो लगानि समेत उठाउन नपाउदा समस्या भएको र यसमा नगरपालिकाले किसानहरुलाई राहतको व्यवस्था मिलाइदिन आग्रह गरेका छन ।

मकै मात्र हैन अहिले कृषकहरुले लगाउने हरेक बालिमा केहि न कहि सास्याहरु उत्पन्न भइ रहेका छन तर ति समस्याहरु स्थानितह र कृषि कार्यलयले सुल्झाउन नसक्दा कृषिकहरुले कृषिमा थप लगानि गर्नेक्रम घट्दो रहेको देखिन्छ । कृषि र कृषि जन्य वस्तुको उत्पादनमा सरकारले थप निग्रानि गरि कृषि उत्पादनमा जोड दिनुपर्ने आवस्यकता देखिएको छ ।




सम्बन्धित
Loading...