कैलालीको घोडाघोडि नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


कैलालीको घोडाघोडी नगरपालिकाले बार्षिक समिक्षा, प्रगती बिवरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नगर सरकारले आर्थिक वर्ष २०७६/०७७ का बिभिन्न अयोजना र कार्यक्रम संचालन तथा कार्यालय संचालन र कर्मचारी परिचालनका क्षेत्रमा भएको खर्च तथा प्रगती बिवरण सार्वजनिक गरेको हो ।




नगर प्रमुख ममता प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद गौरीशंकर चौधरी, प्रदेश सांसद अमर साउँद लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो । नगर उप–प्रमुख प्रेम कुमारी थापाको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा नगरपालिकाका बिषयगत शाखाहरुले आ–आफनो बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । कोरोना महामारीको बिच नगरको बजेट खर्च सन्तोषजनक नै भएपनि नगरका महत्वपूर्ण र गौरबका योजना संचालनमा भने नगरको चासो नदेखिएको कार्यक्रममा सहभागी नगरबासीहरुले बताएका छन । कार्यक्रममा सहभागी सरोकारवालाहरुले गौरबका योजनामा बिशेष ध्यान दिनुपर्ने, बिकास निर्माणका योजना समयमै सक्ने गरी संचालन गर्नुपर्ने, सर्वपक्षिय छलफल तथा समन्वय गर्नुपर्ने तथा सबृद्ध नगर निर्माणका लागि नगर सरकार संगै आम नागरिकलाई पनि जिम्मेवार बनाउन प्रयास गर्नुपर्ने लगायतका सुझावहरु समेत नगर सरकारलाई दिएका छन ।




सम्बन्धित
Loading...