साइबर अपराधबाट बच्न बालबालिकालाई शिक्षा आवश्यक





कोरोना महामारी पश्चात विद्यालयका कक्षा र अन्य कक्षाहरु भर्चुअल रुपमा ( अनलाईन ) सञ्चालन भएकोले पनि अनलाईन सुरक्षाको बारेमा सवै बालबालिकाहरुलाई जानकारी दिनुपर्नेमा बालबालिकाहरुले जोड दिएका छन् ।

बालबालिकाहरुले अनलाइन कक्षा भढ्ने बाहानामा बालबालिकाको इन्टरनेट तथा सामाजिक सञ्जालहरुमा पहुँच बढेकोले त्यसबाट हुन सक्ने साइबर अपराध तथा हिंसाबाट बच्नका लागि त्यस किसिमको तालिम तथा शिक्षा आवश्यक रहेकोमा सहभागीहरुले जोड दिएका हुन्।




जागृति बाल तथा युवा सरोकार नेपाल, कन्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत आज देवचुली नगरपालिका वडा नं. १६ मा रहेको देवचुली माध्यमिक विद्यालयसँगको साझेदारीमा सञ्चालित एक दिने अनलाईन सुरक्षा सम्बन्धी तालिममा सहभागि भएका किशोरकिशोरीहरुले सो कुरा बताएका हुन् ।

अनलाईनबाट राम्रो कुरा सँगै असुरक्षा पनि संगै हुने रहेछ, जसले गर्दा किशोरकिशोरीहरुलाई नराम्रो मानसिक रुपमा समेत असर पुग्न सक्ने कक्षा ९ की छात्रा सविता लामिछानेले बताए ।

विद्यालयका कक्षाहरु समेत अनलाईनबाट हुने भएकोले धेरै समय यसमा नै बिताउने र सवैले रामो मात्र साईटहरु नहेरेर अश्लिल खालका साईटहरु हेर्ने र सो तर्फ ध्यान जान सक्ने भएकोले अभिभावकहरुले र शिक्षकहरुले सो तर्फ पनि ध्यान दिनुपर्नेमा ईलाका प्रहरी कार्यालय रजहरका असई शिवजी पन्तले बताए । केही समस्याहरु आएमा ईलाका प्रहरी कार्यालयमा वा १०० मा सम्पर्क गरेर समेत सहयोग लिनु पर्ने कुरामा जोड दिए ।

सो कार्यक्रममा देवचुली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपोनेको प्रमुअ अतिथि, विशेष अतिथिको रुपमा देवचुली नगरपालिका वडा नं. १६ वडा सदस्य जानकी लामिछाने, विद्यालयका शिक्षकहरु राजन गौतम लगायतका उपस्थिती रहेको थियो ।

कार्यक्रममा किशोरी अभियन्ताहरु रेजिना घर्ती मगर, सृजना अर्याल र रविना केसीले सहजिकरण गरेका थिए।
कार्यक्रममा अनलाईन सुरक्षा, यसको फाईदाहरु, कसरी सामाजिक सञ्जालहरुको सदुपयोग गर्ने, केही समस्याहरु आएमा कहाँ र कसरी सम्पर्क गर्ने भन्ने बारेमा सहजिकरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत सविता पंगेनीले बताए।कार्यक्रममा ३० जना किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।




सम्बन्धित
Loading...