देवचुलीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण


कृशला सापकोटा –




नवलपरासी, ३ पुस । नवलपुर समाज दक्षिण कोरियाले पूर्वी नवलपरासीको देवचुलीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
शुक्रबार देवचुली नगरपालिका ६ बालकिरण आधारभूत विद्यालयका ६३ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।


विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गुमबहादुर थापा मगरको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा जिल्ला वाल संगठन नवलपुरका अध्यक्ष विष्णु पाण्डे, देवचुली ६ का वडा अध्यक्ष मीनबहादुर सोती लगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी देवचुली नगरपालिका वडा नं ८ मा रहेको मिलीजुली आधारभुत विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

देवचुली वडा नं ८ को आयोजनामा विद्यालयका करिब एक सय विस जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
आर्थिक वर्ष २०७७/७८ को वडागत एक लाख बजेटबाट विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष चन्द्र बहादुर सिंजालीले जानकारी दिए ।




सम्बन्धित
Loading...