आज २०७७ माघ ६ को राशिफल


आजको राशिफल




मेष राशिः नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।




बृष राशिः नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

मिथुन राशिः शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट राशिः आज दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुहरू पनि पराजित हुनेछन् ।

शिंह राशिः पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय छ ।

कन्या राशिः आज लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्रसंग मीठो भेटघाट हुने छ ।

तुला राशिः परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।

बृश्चिक राशिः दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख पनि मिल्नेछ ।

धनु राशिः अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेमीको सहयोग पाईनेछ ।

मकर राशिः सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ राशिः नयाँ कार्य प्राप्तिको योग छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्रिय व्यक्तिसंग भेट घाट हुनेछ । लाभदायक यात्रा पनि होला ।

मीन राशिः आज पूराना रोकिएका अधूरा कार्यले गति लिन सक्छ । आफन्तहरूको भरपूर साथ र सहयोग पाईनेछ तर साँझमा खर्च बढ्न सक्छ ।

(ज्योतिष एवं पण्डित नारायणप्रसाद दुलाल हाम्रो पात्रोका राशिफल लेखक हुन् ।)




सम्बन्धित
Loading...