नेता र कलाकारको साथमा लक्की मिडियाले पांँचौ बार्षिकोत्सव भव्य रुपमा मनाउँदै


चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले आफ्नो गौरवमय पांँचौ बार्षिकोत्सव भव्यताका साथ मनाउन लागिएको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता गगन थापाको प्रमुख आतिथ्यतामा सोमबार भरतपुरको सिजी ल्याण्डमार्कको चितवन सिनेप्लेक्स हलमा मनाउन लागिएको हो ।




बार्षिकोत्सवको शुभकामना तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथिमा वरिष्ठ कलाकार नीर शाह, यस्तै अन्य कलाकारमा विपिन कार्की, सौगात मल्ल, आंँचल शर्मा ,चेतबहादुर सिंह ‘राजा’ अतिथिको रुपमा आउनुहुने छ । यस्तै कार्यक्रममा गायिका जुनु गौतम, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यत्तित्व, नेता तथा समाजसेवी लगायतका व्यक्तित्व रहने मिडिया हाउसका महाप्रबन्धक हरी कार्की ‘लक्की’ ले जानकारी दिनुभयो ।

‘ कार्यक्रममा विभिन्न क्षेत्रमा समाज रुपान्तरणका लागि योगदान तथा भूमिका खेल्नु भएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ । ‘अघिल्ला बार्षिकोत्सव जस्तै यस बर्ष पनि हामीले विभिन्न क्षेत्रबाट योगदान दिनु भएका व्यत्तित्वलाई सम्मान गर्दैछौं , यो हाम्रो दायित्व पनि हो ।’ कार्कीले भन्नुभयो ।


दुई सय जना भन्दा बढी आमन्त्रित पाहुनाहरुका साथ बार्षिकोत्सवमा साहित्यकार झमक घिमिरेद्धारा लिखित चलचित्र ‘जीवन कांँडा की फूल’ प्रर्दशन गरिने महाप्रबन्धक कार्कीले बताउनु भयो । कोरोनाको प्रभाव कम हुदै गएपनि मिडिया हाउसले स्वास्थ्य मापदण्ड अपनाएर बार्षिकोत्सव मनाउन लागिएको छ ।स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ ।

नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ई चितवन खबर डट कम सञ्चालनमा छन ।




सम्बन्धित
Loading...