मौसमः आइतबारसम्म नै असिनापानीको सम्भावना


स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘




प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा असिनापानी परेको छ ।

‘शुक्रबार नेपालमा कुनै मौसमी प्रणाली छैन । स्थानीय वायु प्रभावले असिनापानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने, ‘शनिबार र आइतबार यस्तै हुन सक्छ ।’




काठमाडौंको आकासमा टन्नै बादल भएकाले केही ठाउँमा दिउँसै बत्ती बाल्नुपर्ने अवस्था भएको उनले बताए ।

‘ठाउँअनुसार फरकफरक छ । कहीँ धेरै पानी परेको छ, कहीँ कम,’ उनले भने, ‘प्रि–मनसुनमा यस्तै हुन्छ । दुई–तीन घन्टापछि यो खुलेर जान्छ ।’




सम्बन्धित
Loading...