कृषक समुहले राखे कावासोती नगरपालिकासँग ९ बुदे माग, आन्दोलनको चेतावनी


नवलपुर, ३ असार । पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्र रहेको पिठौली पशुपालन कृषक समुहले आफ्नो माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी सहित कावासोती नगरपालिकासँग ९ बुदे माग राखेका छन् ।




उनीहरुले चौतर्फी मूल्यवृद्धि, कोरोनाको कहरका कारण पशुव्यवसाय विस्थापित हुन खोलेको भन्दै यस्तो अवस्था आउन दिनबाट रोक्नका लागि माग गर्दै विहिबार नगर उपप्रमुख प्रेम शंकर मदर्नीयालाई ९ बुदे माग बुझाएको हो ।

कृषक समुहका अध्यक्ष सुक बहादुर गुरुङको नेतृत्वमा गएको टोलीले आफ्नो मागलाई वेवास्था गरिए जुन सुकै आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।


उनीहरुल्े कृषि उपकरणमा प्रत्यक्ष अनुदानको व्यवस्था मिलाउनु पर्ने, दुग्द्य उत्पादनमा प्रत्यक्ष अनुदान मूल्य वृद्धि, दाना, चापट, पराल अनुपातमा उपलब्ध गराउनु पर्ने, दुग्ध उत्पादनको बजारीकरणमा सहजिकरणको भूमिका तथा मूल्य श्रृखलामा एकरुपता बनाउनु पर्ने, पशु विमा कार्यक्रम अन्तरगत पशुको उचित बजार मूल्य अनुसार विमा सहज र निशुल्क उपलब्ध गराउन पर्ने सहितको ९ बुदे माग रहेको छ ।




सम्बन्धित
Loading...