ad

युरोकप २०२० : आजदेखि क्वाटरफाइल खेल शुरु आज स्वीट्जरल्याण्डसंग स्पेन भिड्दै

142


काठमाडौं – युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि शुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएको दुई दिन विश्राम लिएको युरोकप आजदेखि शुरु भएको हो ।

क्वाटरफाइनल खेल अन्तरगत आज बेलुकी र मध्यरात गरी दुई खेल हुदैँछ । जस अन्तरगत स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ ।



पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्गमा नेपाली समय अनुसार राति ९ः४५ बजे हुनेछ ।

स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।

यता स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।

यस्तै युरोकपको क्वाटरफाइनलको अर्को खेल असार १९ गते बिहान (शुक्रबार मध्यरात) १२ः४५ बजे जर्मनीको म्युनिकमा हुनेछ । जसमा बेल्जियमले इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ ।

सन् १९६८ को विजेता इटाली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो । पाच वर्षअघि फ्रान्समा भएको युरोकपमा भने इटाली क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

उता उपाधि दाबेदार मध्ये एक रहेको बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करणमात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

बाँकी दुई क्वाटरफाइनल खेलमा असार १९ गते (शनिबार) बेलुकी ९ः४५ मा चेक रिपब्लिक र डेनमार्क तथा असार २० गते बिहान (शनिबार मध्यरात) १२ः४५ मा युक्रेन र इंग्ल्याण्ड भिड्ने छन् ।



You might also like
Loading...