हाईटीका राष्ट्रपतिको गोली प्रहार गरी हत्या





हाईटीका राष्ट्रपति जोनेल मोसे माथि गोली प्रहार गरी हत्या गरिएको छ।

उनी र उनकी पत्नीलाई बुधवार बिहान सबेरै पोर्ट-औ-प्रिन्सको पहाडीमा रहेको निजी निवासमा सशस्त्र आक्रमणको क्रममा गोली लागेको हाईटीका प्रधानमन्त्री क्लाउड जोसेफले जानकारी दिए। राष्ट्रपति मोसे ५३ वर्षका थिए।


हाईटीको प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिमा प्रधानमन्त्री जोसेफले यो हमला बुधवार बिहान १ बजे तिर भएको जानकारी दिएका छन। केही अपरिचित आक्रमणकारीहरूले स्पेनी भाषा बोलेको उनले स्पष्ट पारे।

राष्ट्रपतिकी पत्नी मार्टिन मोउज घाइते भएकीले उनको उपचार भैरहेको छ।




सम्बन्धित
Loading...