ad

सुनवल नगरपालिसुनवल नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को बजेट वक्तव्य–पूर्ण पाठ

110

 


यस सभाका अध्यक्ष महोदय,
एवं सम्पूर्ण सभा सदस्यज्यूहरु,

नेपालको संविधान जारी भएपछि मिति २०७३ फागुन २७ गते सुनवल नगरपालिकाको स्थापना पश्चात् स्थानीय तहमा प्रतिनिधी निर्वाचित भई यस गरिमामय नगरसभाको पाँच बर्षे कार्यकालमध्ये चार बर्ष पुरा गरी हामी पाँचौ बर्षमा प्रवेश गरेका छौं। पुरानो राज्यव्यवस्थामा भएको केन्द्रिकरणको नीति परिवर्तिन भै अधिकार सम्पन्न स्थानीय तह निर्माण भएकोले नगरवासीहरुका ईच्छा आकाँक्षाहरु महत्वपूर्ण रुपमा नगर केन्द्रित हुनु स्वभाविकै हो। कानुनी जटिलता, नयाँ संरचानाको संस्थागत अभ्यासको सुरुवात, स्रोत साधन तथा जनशक्तिको अभाव लगायतका समस्याहरुबाट लक्ष्यअनुरुप अगाडि बढ्न यस नगरले थप उर्जा खर्च गर्नुपरेको यथार्थका बीच आ.व. २०७६।७७ को दोस्रो चौमासिक अवधिबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण हाम्रा निर्धारित भौतिक, सामाजिक तथा आर्थिक समुन्नतिका प्राथमिकताहरु परिवर्तन भएको यथार्थ हामीमाझ छर्ल· छ । पछिल्लो समयमा कोभिड–१९ कोे नयाँ भेरियन्टको कारण नगर क्षेत्रका सम्पूर्ण गतिविधिहरुमा ठूलो असर पुगेकोले यस असहज परिस्थितबाट सृजित अनेकौं कठिनाईहरु संग जुध्दै आगामी अर्थिक बर्ष २०७८÷७९ को बजेट तयारी सम्म आईपुग्दा चालु आ.बा. मा झैं नगरका सम्पूर्ण विकास कार्यहरु र यो बजेट तथा कार्यक्रम समेत केही हदसम्म प्रभावित भएको छ । यस नगरकोे ऐतिहासिक पहिलो नगर सभा पश्चात् नगरको विकासको गति निरन्तर रुपमा अगाडि बढे संगै नगरबासीहरुमा समृद्विका आशाहरु पलाउनु स्वाभाविकै हो। विगतका आर्थिक बर्षहरुमा जस्तै नगरलाई प्राप्त सिमित श्रोत साधनको परिचालन र नगरबासीहरुको समयानुकुल सहभागिताबाट यस नगरले अपेक्षित उपलब्धीहरु प्राप्त गरिरहदा विश्वव्यापी महामारी कोरोना भाईरस (ऋइख्क्ष्म्(ज्ञढ) र त्यस भाईरसको थप नयाँ भेरियन्ट सहितको संक्रमणको कारण आगामी आर्थिक बर्षको लागि तयार पारिएको बजेट तथा कार्यक्रम समेत प्रभावित नहोला भन्न सकिदैन । नगरका सम्पूर्ण जनप्रतिनिधीज्यूहरु, कर्मचारी लगायत आम नगरवासीहरु र सारोकारवालाहरुको अतुलनीय सहयोगमा नगरपालिकाले आन्तरिक राजश्व संकलनमा प्राप्त गरेको उपलब्धीबाट महामारी रोकथाम लगायत नगर विकासका क्षेत्रमा योजनाबद्घ रुपमा अगाडि बढ्न पाईएको व्यहोरा यस सम्मानित सभामा जानकारी गराउन पाउदा गर्व महसुस भएको छ । राज्य पुनः संरचना र तत्पश्चात् स्थानीय सरकारको रुपमा नगरको शासन व्यवस्थाको कार्यभार नगरवासीहरुको पहुँचमा आईपुग्दा नगरले जिम्मेवारी बोधका साथ विकासमा गति लिने नगरवासीहरुको आशा एवं नेपालको संविधानको परिकल्पना बमोजिम बिकेन्द्रीत विकास प्रणालीको माध्यमबाट समृद्घिको दिशामा नगरले चालेका पाईलाहरु कतिपय अवरोधका बावजुद सफल बन्दै गईरहेको अवस्थामा नगर विकास प्रकृयामा प्रतिकुल रहँदा रहँदै पनि हामीले विकास निर्माण प्रकृयालाई आवश्यक स्वास्थ्य सावधानी सहित अगाडि बढाईरहेका छौं ।



नगर सभाका अध्यक्ष महोदय,
एवं सम्पूर्ण सभा सदस्यज्यूहरु,


लोकतान्त्रिक अभ्यासको फलस्वरुप सुनवल नगरपालिकाका आदरणीय आमाबुवा, दिदि बहिनी तथा दाजुभाईहरुको अमुल्य मत प्राप्त गरी स्थानीय तहमा जनप्रतिनिधीहरुको हैसियतमा जिम्मेवारी प्राप्त गरी यस सभाका प्रतिनिधीज्यूहरुले पद बहाली गरे पश्चात् ८ वटा नगर सभाहरु सफलतापूर्वक सम्पन्न गरी यस नवौं नगरसभा एवं निर्वाचित प्रतिनिधीको पहिलो कार्यकालको अन्तिम बर्षमा प्रवेश गरिरहँदा बार्षिक बजेट तथा कार्यक्रम बारे सभाको स्वीकृति लिने यस चरणसम्म आईपुग्दासम्म नगरले विविध चुनौतीहरुसंगै आशातित उपलब्धीहरु हासिल गरेको र नगरको समग्र विकासको आधारशिला तय भएको व्यहोरा हामी ढुक्कसंग नगरवासीमाझ अवगत गराउन सक्ने अवस्थामा पुगेका छौं। स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम प्रचलित योजना तर्जुमा प्रक्रिया, नेपाल सरकारका नीतिहरु, प्रदेश र स्थानीय सरकारका नीति कार्यक्रमहरु, दिग्दर्शन, निर्देशिका र अभ्यासहरुका आधारमा समावेशी, सहभागितामूलक पद्दति बमोजिम स्थानीय तहको रुपमा लोकतान्त्रिक पद्घतिका माध्यमबाट नगरबासीहरुका चहानाहरु सम्बोधन गर्ने अवसर प्राप्त भै बजेट तथा कार्यक्रम समितिको संयोजक एवं यस नगरको उपप्रमुखको हैसियतले नवौं तथा प्रगति समिक्षाका आधारमा अति महत्वपूर्ण नगरसभाको यस बैठकमा आर्थिक बर्ष २०७८÷७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवशाली महसुस गरेको छु। साथै शासकीय व्यवस्थापका नयाँ अभ्यासहरुलाई संस्थागत गर्ने चुनौती र अवसर संगै डरलाग्दो रुपमा फेलिएको कोभिड–१९ को माहामारीका बीच अत्यन्त कष्टपूर्ण तवरले नगरवासीहरुलाई सुरक्षित राख्न ऐतिहासिक नेतृत्व प्रदान गर्नुपर्ने यस कठीन घडीलाई सबैको साथ र सहयोगबाट सन्तुलित ढंगबाट सामना गरी जनहितलाई सर्वाेपरी राख्दै कार्यकुसलताका साथ परिपक्व नेतृत्व गर्ने एवं संकटपूर्ण समयमा नगरवासीहरुलाई हार्दिकताका साथ आत्मीय सहयोग एवं सेवा गर्नेे विशेष अवसरको रुपमा लिएको छु ।

गत आ.व. मा जस्तै कोरोना माहामारीका बीच संचालन हुन लागेको स्थानीय तहको यस विशेष पर्व एवं नगरको विकासको वार्षिक बजेट तथा कार्यक्रम तय हुन लागेको बिशिष्ट अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका ऐतिहासिक जनआन्दोलन, संघर्ष र बलिदानबाट स्थापित गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै शहिद बिष्णु पाण्डे लगायत सम्पूर्ण प्रातः स्मरणीय ज्ञात÷अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। साथै कोरोना माहामारीका कारण ज्यान गुमाएका नगरवासीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित सबैको शीघ्र स्वाथ्यलाभको कामना सहित दिवंगत व्यक्तिका परिवारजनप्रति हार्दिक सहनुभुति प्रकट गर्दछु। नगरबासीहरुका समृद्विका अभिलासाहरु पुरा गर्न स्थानीय सरकारमा नगरवासीहरुको प्रतिनिधीको रुपमा लोकतान्त्रिक पद्घतिको माध्यमबाट बलियो आधार तयार गर्दै नगर विकासको मुल प्रवाहिकरण गर्ने यस विशेष ऐतिहासिक अवसर प्रदान गर्नु हुने सुनवल नगरपालिकाका नगरबासी आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरु, राजनैतिक दलका अग्रज व्यक्तित्वहरु, सहयोगी संघसंस्थाहरु लगायत सहयोगी सबैप्रति हार्दिक अभिनन्दन एवं सम्मान प्रकट गर्दछु ।

अध्यक्ष महोदय एवं सभा सदस्यज्यूहरु,

अब म आर्थिक वर्ष २०७८/७९ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा चालु आर्थिक बर्ष २०७७÷०७८ का मुख्य उपलब्धीहरुलाई समिक्षात्मक रुपमा प्रस्तुत गर्नु सान्दर्भिक हुने भएकोले चालु आर्थिक बर्षका उपलब्धीहरुलाई संक्षिप्त रुपमा यस गरिमामय सभामा जानकारी गराउने अनुमति चहान्छु ।

– आर्थिक बर्ष २०७७/०७८ को लागि सामाजिक सुरक्षा भत्ता बाहेक र नेपाल सरकारबाट थप निकासा भएको समेत कुल शंसोधित अनुमान रु. १ अर्ब १० करोड ३६ लाख ५४ हजार ६२० रुपैयाँ गरिएकोमा चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म कुल रकम ९४ करोड ८५ लाख १० हजार ८१९ रुपैंया ९९ पैसा बित्तीय प्रगति हासिल हुँदा हाल सम्मको कुल बित्तीय प्रगति ८५.९४ प्रतिशत रहेको व्यहोरा अवगत गराउन चाहन्छु । त्यसैगरी चालु आर्थिक बर्षमा आन्तरिक आय तर्फ रु. १३ करोड ५४ लाख अनुमान गरिएकोमा कोभिड–१९ को माहामारीका कारण आर्थिक गतिबिधी केही समय ठप्प रहँदा समेत चालु आ.व. को बैशाख मसान्त सम्म रु. ११ करोड १४ लाख ३४ हजार ६ सय ९१ रुपैया २६ पैसा आन्तिरिक राजश्व संकलन हुँदा आन्तरिक आयतर्फ कुल प्रगति ८२.३० प्रतिशत र बाह्य आयतर्फ कुल लक्ष्य रु. ९८ करोड ८२ लाख ५४ हजार ६२० निर्धारण भएकोमा कुल ८३ करोड ७० लाख ७६ हजार १२८ रुपैयाँ ७३ पैसा बित्तीय प्रगति हासिल भै बाह्य आयतर्फ ८४.७० प्रतिशत प्रगति हासिल भएको छ । चालु आर्थिक बर्षमा नदीजन्य पदार्थ बिक्रि कार्यबाट राजश्व संकलनको प्रगति सन्तोषजनक रहेको छ भने अन्य राजश्वका स्रोतहरु देशव्यापी निषेधाज्ञाका कारण प्रभावित भएको कारणबाट आन्तरिक तथा बाह्य आय तर्फ सतप्रतिसत लक्ष्य हासिल हुने नदेखिएको व्यहोरा जानकारी गराउन चाहन्छु ।

अध्यक्ष महोदय एवं सभा सदस्यज्यूहरु,

चालु आर्थिक बर्षको वैशाख मसान्त सम्म चालू खर्च तर्फ २३ करोड ८६ लाख ८३ हजार ६७ रुपैयाँ ६१ पैसा र पूँजीगत तर्फ १६ करोड ३३ लाख ३३ हजार ४७९ रुपैंया २३ पैसा खर्च भै जम्मा ३० करोड ५७ लाख २३ हजार ६३२ रुपैँया ९० पैंसा गरी कुल ३६.४२ प्रतिशत व्यय तर्फको बित्तीय प्रगति हासिल भएको छ। सुनवल नगरपालिकाले शून्य पेश्कीको नीति अवलम्बन गरेकाले पूँजिगत तर्फ कार्य सम्पन्न भै भुक्तानी जाने भएको हुँदा अधिकाँस आयोजनाहरुको भुक्तानी हुने क्रममा रहेको कारणले पूँजीगततर्फको बित्तीय प्रगति विगतमा जस्तै कम देखिएको छ भने कोभिड १९ को कारण चालु आर्थिक बर्षमा सम्पन्न हुन नसकेका आयोजनाहरुलाई आगामी आर्थिक बर्षमा निरन्तरता दिन प्रस्ताव गरिएको कारणबाट चालु आर्थिक बर्षको समग्र आयोजना प्रगति अपेक्षाकृत हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छु ।

नगरको ऐतिहासिक प्रथम नगरसभाबाट दिर्घकालिन महत्व राख्ने महत्वपूर्ण योजनाहरुलाई विगतका नगर सभाहरुबाट निरन्तर रुपमा अगाडि बढाउदै आइएको र आर्थिक बर्ष २०७८÷७९ को बजेटमा समेत नगरका महत्वपूर्ण एवं गौरवका आयोजनाहरुलाई निरन्तरता दिईएको छ । समयको गति संगै कानुनी तथा व्यवस्थापकीय जटिलताहरुमा समेत केही सहजता भए संगै जनप्रतिनिधीज्यूहरु, नगर कार्यपालिकाका कर्मचारीहरु लगायत आम नगरबासीहरुको सकृय सहभागिताका साथ विकास अभियानमा सहभागी हुन पाएको कारणबाट नगर विकासका उपलब्धीहरु हासिल हुँदै गएकोले र सबैको लगाव र नगरबासीहरुको व्यापक सहभागिताबाट नगरको वार्षिक कार्यक्रमको उपलब्धी समिक्षा गर्दा हाम्रा बार्षिक कार्यक्रमहरु लक्ष्य केन्द्रित भएतापनी कोरोना भाईरसको नयाँ भेरियन्टका कारण निशेधाज्ञाको अवस्थामा विकास निर्माणका आयोजनाहरु लगायत नगरवासीहरुको दैनिकी समेत पूर्ण रुपमा प्रभावित रहेको तथ्य हामीमाझ छर्ल· छ। तथापी नगर गौरवका मुख्य मुख्य आयोजनाहरुलाई आवश्यक भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड सहित निर्माणकर्मी परिचालन गरी प्रगतिउन्मुख बनाईएकोले चालु आ.व. मा गत आ.व. को तुलनामा प्रगति हासिल भएको हो ।
कोभिड–१९ को महामारीका कारण नगरका विकास कार्यक्रमहरु प्रभावित भएकोले चालू आर्थिक बर्षको अवधी सम्पन्न हुनै लाग्दा पनि भौतिक प्रगतिको यथार्थ मापन गर्दा चालु आर्थिक बर्षका आयोजनाहरु गत आ.व. मा जस्तै प्रभावित भएको र उक्त आयोजनाहरु मध्ये आगामी आर्थिक वर्षमा स्थानान्तरण गर्नुपर्ने देखिएका आयोजनाहरुको चालु आर्थिक बर्षमा भौतिक प्रगति अपेक्षा गरिए अनुसार नभएपनि मध्यम स्तरको प्रगति हासिल भएको छ । नगरबाट ठेक्का बन्दोबस्त भएका एवं उपभोक्तामार्फत कार्यान्वयन भएका आयोजनाहरु भुक्तानी चरणमा नपुगेपनि विकास निर्माण स्थलमा भएको वास्तविक प्रगति यहाँहरुलाई महसुस भएकै छ। विगतका बर्षहरुमा जस्तै नगर विकासमा गौरवका आयोजना लगायत बिभिन्न ठूला साना आयोजनाहरु लक्ष्य अनुरुप सम्पन्न गर्दै नगरको समन्वयकारी भूमिका सहित प्रदेश तथा संघीय सरकार र दातृनिकाय समेतसंग आत्मीय सम्बन्ध स्थापना गरी विकास अभियानलाई मजबुत बनाउने लक्ष्यमा हामी एकाग्र भई कर्तव्यनिष्ठ भएको कारणबाट असहज परिस्थितिमा समेत नगर विकासका कार्यक्रमहरु तर्फ सन्तोषजनक नतिजा हासिल भएको व्यहोरा अवगत गराउदछु ।

चालु आर्थिक बर्षमा नगर गौरवका योजनाहरु मध्ये नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्यको करिव ६० प्रतिशत कार्य सम्पन्न गर्न सफल भएका छौं। चालु आर्थिक बर्षको दोस्रो चौमासिक अवधि भित्रमा उक्त आयोजना सम्पन्न गरी नगरका प्रशासनिक कार्यहरु नयाँ भवनबाट सुरुआत हुने गरी लक्ष्य तय गरिएको व्यहोरा जानकारी गराउँदछु। सुनवल नगरको गौरवको आयोजजना मध्ये सुनवल हिलपार्क निर्माण कार्य लक्ष्यानुरुप अगाडि बढी उक्त आयोजना अन्तर्गत चालु आ.व.का कार्यक्रमहरु सम्पन्न हुने चरणमा पुगेका छन्, सुनवल नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरुलाई नगरको सहुलियतमा बस खरिद, पूर्वाधार निर्माण लगायत नगर भित्रका विद्यालयहरुमा शैक्षिक तालिमको माध्यमबाट शैक्षिक गुणस्तर कायम गर्ने कार्य गरिएको छ, सुनवल १, सोमनाथ र सुनवल वडा नं. ७ अस्नैयामा हाटबजार निर्माण गरी संचालनमा ल्याईको छ भने सुनवल १२, भुमहीमा हाटबजार निर्माण कार्य अन्तिम चरणमा पुगेकोले आगामी आ.व.बाट उक्त हाटजार समेत संचालनमा लिईने लक्ष्य लिइएको छ। सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरी संचालनमा ल्याईएको छ। नगर अस्तपाल निर्माणका कार्यका लागि ठेक्का प्रकृया सुरुवात गरिएको छ। नमुना कृषि फर्म संचालन, बिभिन्न खानेपानी आयोजना क्षमता विस्तार सहित संचालन गरी महत्वपूर्ण उपलब्धी हासिल गरिएको छ ।
चालु आ.ब. मा कोभिड–१९ को महामारीका बीच सुनवल नगरपालिकाले पूर्वाधार विकासका गतिबिधीहरु संगै सामाजिक विकासका क्षेत्रमा समेत प्रगति हासिल गरेको छ। सुनवल नगरपालिकालाई देशकै पहिलो बालमैत्री नगरपालिका घोषणा पश्चात निरन्तरता सहित यस नगरपालिकाले महिला बालबालिका, अपाँ· लगायतका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको छ। आपाँगता भएका व्यक्तिहरुको पहिचान तथा कार्ड वितरणका आधारमा आवश्यक सामाग्री वितरण जस्ता कार्यबाट सामाजिक गतिबिधीहरुलाई प्रभावकारी बनाउने प्रयास स्वरुप सुनवल नगरपालिका भित्रका आपा·ता भएका व्यक्तिहरुलाई सरल र सहज तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले बालमैत्री स्वयंसेवक परिचालन गराई वडा स्तरमै सिबिर संचालन गरी तथ्याँक संकलन कार्य व्यवस्थित गरिए अनुरुप उक्त तथ्याँकका आधारमा चालु आ.ब. का कार्यक्रमहरु लागु गर्दा सामाजिक विकास तर्फ प्रगति हासिल भएको छ । यस नगरमा हालसम्म रातो कार्ड प्राप्त गर्ने ११० जना, नीलो कार्ड प्राप्त गर्ने ३७८ जना, पहेलो कार्ड प्राप्त गर्ने १३५ र सेतो कार्ड प्राप्त गर्ने ८२ जना अपाँङहरुको संख्या पहिचान भएकोले आगामी दिनमा विवरण अद्यावधिक गर्दै अपाँङहरुको क्षेत्रमा नगरलाई योजना तय गर्न सहज हुने देखिन्छ ।

सुनवल नगरपालिकाले न्याय क्षेत्रमा चालु आर्थिक बर्षमा समेत सन्तोषजनक प्रगति गरेको छ। गत आ.ब. मा न्यायिक समिति उत्कृष्ठ भै पुरस्कृत भएको छ। न्यायिक गतिबिधीहरुलाई प्रभावकारी बनाउदै न्यायिक समितिको इजलासबाट न्यायिक निरुपणका लागि १३ वटै वडामा स्थापना भएका मेलमिलाप केन्द्र मार्फत जम्मा ८२ जना मेलमिलापकर्ता परिचालन गराई विवाद समाधानको कार्य गरिदै आएकोमा हाल उक्त संख्या घटाई जम्म ७२ जना मेलमिलाप कर्ताबाट सो कार्य गरिएको छ। हालसम्म यस समितिमा दर्ता भएका जम्म ३३३ वटा विवाद मध्ये ३० वटा न्यायिक निर्णयवाट, २६२ वटा मेलमिलापवाट समाधान गरिएको छ। उल्लेखित मध्ये जम्मा ३ वटा मुद्धा अदालतमा गएका छन भने २ वटा मुल्तवी रहेको र ३३ वटा डिसमिस भएको साथै २९ वटा विवाद समाधानको प्रक्रियामा रहेको व्यहोरा जानकारी गराउदछु । यस अवधिमा न्यायिक समिति जिल्लामै उत्कृष्ट भै स्वमुल्याँकनमा (१००%) सतप्रतिशत प्रगति हासिल गर्न सफल भएकोमा सम्पूर्ण मेलमिलापकर्ता, पदाकिारी, कर्मचारी लगायत सबैमा धन्यवाद ज्ञापन गर्दछु।

विश्वप्यापी महामारीका बीच यस नगरको आन्तरिक आयतर्फ लक्ष्य केन्द्रित प्रगति हासिल भएपनि यस नगरपालिकालाई संघीय सरकार, प्रदेश सरकार लगायत बिभिन्न दातृ निकायहरुबाट बजेट अनुमान अनुरुप प्राप्त नभए पनि आयतर्फ अपेक्षाअनुसार नै लक्ष्य हासिल हुँदै गएको कारणबाट चालु आर्थिक बर्षका केही आयोजनाहरु पूर्ण रुपमा सम्पन्न नभएको हुँदा अपुरा आयोजना पुरा गर्ने गरीे आगामी आर्थिक बर्षका लागि आ.व. २०७७÷७८ को क्षति समेत पूर्ति गर्दै बजेट तथा कार्यक्रम तय गर्नु परेको हुँदा यस बजेटमा तालिम, गोष्ठी, सेमिनार सम्बन्धी चालु प्रकृतिका कार्यक्रममा बाहेक पूर्वाधार विकास सम्बन्धि आयोजनाहरुलाई निरन्तरता दिने गरी बजेटको व्यवस्था गरिएको छ ।

विगतका बजेट तथा कार्यक्रमहरुमा जस्तै नगरको भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक, साम्प्रदायिक विविधतायुक्त बस्तुस्थिति संग परिचित भई समृद्घ नगरको अभियानमा तल्लिन यस सुनवल नगरको समग्र विकासमा आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने उद्देश्यानुसार आ.व. २०७८÷०७९ को बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ। यस बजेट तथा कार्यक्रम तय गर्दा विगतका बजेट तथा कार्यक्रम र चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रमले दिर्घकालिन लक्ष्य सहित तय गरेका बिशेष कार्यक्रमहरुलाई निरन्तरता दिईएको छ। कोभिड–१९ को माहामारीबाट नगरबासीहरुलाई सुरक्षित राख्दै नगरको विकास अभियानलाई निरन्तरता दिनुपर्ने यस अवस्थामा विकासका गतिबिधीहरु भन्दा स्वास्थ्य क्षेत्रमा अत्यधिक महत्वका साथ कार्यक्रम ल्याउनुपर्ने भएकोले नगर विकासको लागि असिमित आकाँक्षाहरु सम्बोधन हुन नसकेकोले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (ऋइख्क्ष्म्(ज्ञढ) को प्रभावबाट नगरबासीहरुलाई सुरक्षित राख्न सकेमा आगामी दिनहरुमा थप विकास कार्यक्रमहरु अगाडि बढाईने छ ।

अध्यक्ष महोदय एवं सभा सदस्यज्यूहरु,

कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम तथा संक्रमितहरुको उपचार लगायत नगरका नियमिति विकास कार्यक्रमहरु लक्षित गर्दै विगतमा जस्तै बहुआयामिक हुने गरीे आ.व. २०७८÷०७९ को लागि बजेट तथा कार्यक्रम तय गर्ने क्रममा स्थानीय सरकारको हैसियतले नगरपालिकाको आर्थिक अधिकार क्षेत्र, विकासका अल्पकालिन तथा दीर्घकालिन योजना, विकासमा साझेदारी, लगायत बजेटको सिमा, विगतमा सिकाईहरु समेतलाई दृष्टिगत गरीएको र यस कार्यमा नगरबासीहरुको समेत सन्तोषजनक सहभागीता रहनुका साथै सम्पूर्ण जनप्रतिनिधिज्यूहरु र कर्मचारीहरुको अतुलनीय योगदान रहेको छ। सोही योगदानको कारण बहुसंख्यक नगरबासी कृषि पेशामा निर्भर रहेको, आर्थिक बर्षको अन्त्यतिर असार महिनाको व्यस्तताका विच बार्षिक बजेट तथा कार्यक्रम तय गर्न सम्भव भएको कुरामा हामी सबै एकमत रहेका छौँ।
यस नगरको ऐतिहासिक पहिलो नगर सभा र तत्पश्चातका सभाहरुबाट तय भएका कार्यक्रमहरुबाटै नगरले ऐतिहासिक महत्व राख्ने नीतिलाई मध्यनजर गरी बजेट तथा कार्यक्रम तर्जुमा गरेकोले यस नगरले हालसम्म महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिदै कार्यक्रम तय गरेको हुँदा आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमलाई समेत विगतका नगर सभाका कार्यक्रमहरुलाई आधार मानी स्वास्थ्य क्षेत्रमा महत्व्पूर्ण सुधार ल्याउने लक्ष्य सहित विकासका कार्यक्रमहरु संगै कोरोना माहामारी नियन्त्रण लगायतका भावि रणनीति तय गरिएको छ। यस बजेट तथा कार्यक्रम तय गर्दा नगरवासीहरुमा कोभिड–१९ को कारण अस्तव्यस्त रहेको नगरको आर्थिक गतिबिधीलाई सामान्य बनाउने उद्देश्यले बिभिन्न कर संकलनमा लिईदै आएको दण्ड जरीवाना छुट दिने व्यवस्था गरिएको छ। कोभिड–१९ का कारणले गर्दा व्यापार व्यवसायमा संलग्न नगरवासीहरुमा परेको प्रतिकुल प्रभावलाई मध्यनजर गरी चालु आ.व. मा करका दरहरु यथावत राखिएको छ। आन्तरिक तथा बाह्य आयको लक्ष्य चालु आर्थिक बर्ष भन्दा बृद्घि गरिएको छ। आ. व. २०७७÷०७८ को संशोधित अनुमान भन्दा आगामी आ.व. २०७८/०७९ को बजेटको आकार १६.१९ प्रतिशतले घटाईएको छ । साथै यस बजेटमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको रकम समावेश नगरीएको व्यहोरा समेत अवगत गराउन गराउदछु ।
नगरबासीका आकाँक्षाहरु र नगर विकासको दिर्घकालिन रणनीतिक लक्ष्यलाई मुख्य आधार मानी नगरको विकासको क्षेत्र र आवश्यकताका क्षेत्रहरु बढ्दै गएको सन्दर्भमा दिगो विकासका लागि उद्देश्यानुसार कर्तव्य पथमा क्रियाशिल गराउने महत्वपुर्ण घडीमा आईपुग्दा गत आ.व.बाटै एकाएक सुरुभएको माहामारीको कारण बजेटको मुख्य प्राथमिकता नगरवासीहरुको जिउधनको सुरक्षा गर्ने हुन पुगकोले स्वास्थ्य क्षेत्रमा लगानी बृद्घि गर्नुपर्ने अवस्थाले अपेक्षाकृत रुपमा विकासको फड्को मार्न सकिने बजेट तय गर्न नसकिएतापनी जीवनलाई पहिलो प्राथमिकतामा राखी तयार गरिएको यस बजेटका मुख्य उद्देश्यहरु निम्न बमोजिम तय गरिएको छ ।

बिश्वव्यापी माहामारी कोभिड–१९ को माहामारीबाट नगरबासीहरुलाई सुरक्षित राख्दै आधारभुत स्वास्थ्य सुविधा उपलब्ध गराउने र गत आ.व. देखि अस्तव्यस्त अवस्थामा रहेको नगरको आर्थिक गतिबिधीलाई चालु आ.ब. मा तुलनात्मक रुपमा केही सामान्य बनाउन सकिएकोले आगामी आ.ब. मा यस परिस्थितलाई थप नियन्त्रणमा लिने ।

सहभागितामुलक, समावेशी अवधारणालाई आत्मसात गर्दै नगरको दिगो विकासलाई दृष्टिगत गरी विगतका नगर सभाहरुबाट तय भएका दिर्घकालिन महत्वका उपलब्धीहरुलाई समेत बिशेष आधार मानी नगरबासीहरुको बृहत्तर हितलाई संस्थागत एवं नतिजामुखी बनाउने ।

नगरपालिकाको आन्तरिक राजश्वको दायरा बढ्न गएको कारणबाट उत्पन्न हुन सक्ने संकटलाई मध्यनजर गर्दै विकासमा स्रोत परिचालन कार्यलाई मितव्ययी बनाउदै आय अनुमान गरिएका क्षेत्रहरुलाई थप व्यवस्थित गर्ने।

नगरको दिगो विकासको लक्ष्यमा आधारित संघीय तथा प्रदेश सरकार संगको सहकार्य, सार्वजनिक निजी साझेदारी, विकासमा बहुपक्षिय सहकार्य जस्ता नीति अवलम्बन गर्न पूर्वाधार विकास, वातावरण संरक्षण, बन व्यवस्थापन, सहकारी परिचालन एवं सर्बपक्षीय सहकार्यको माध्यमबाट महिला, आदिबासी जनजाती, जेष्ठ नागरिक, पिछडिएको बर्ग लगायत सबै लक्षित बर्ग र क्षेत्र सम्म प्राभाव राख्ने समावेशी एवं अग्रगामी विकास पद्घति अवलम्बन गर्ने कार्यलाई निरन्तरता सहित थप व्यवस्थित रुपमा अगाडि बढाउने।

विकास कार्यक्रमलाई दिगो तथा वातावरणमैत्री बनाउन आवश्यकता अनुसार श्रोतको व्यवस्थापन र परिचान गर्दै नगरको मौजुदा क्षमता विस्तार तथा व्यवस्थापन गरि प्रविधिमैत्री सेवा प्रवाहलाई मुख्य आधार बनाउने ।
हालको विषम परिस्थितिको कारण सृजित समस्यालाई दृष्टिगत गरी संघीय र प्रदेश सरकारले जस्तै यस नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै, पूर्वाधार, विपद् व्यवस्थापन, शिक्षा, कृषि रोजगारी जस्ता कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाउ बजेट तथा कार्यक्रमलाई परिचालन गर्ने ।

नगर कार्यपालिकाको कार्यालयका कर्मचारीहरुको संगठन संरचना पुनरावलोकन गरी विकास तथा सेवा प्रवाह प्रणालीलाई मजबुत बनाउदै बजेटबाट तय भएका लक्ष्यहरु परपूर्तिको आधार तयार गर्ने ।

नगर सभाका अध्यक्ष एवं सदस्यज्यूहरु,

नवौं नगर सभा मार्फत नगरका बिगतका गतिबिधीहरुलाई स्थायीत्व सृजन गर्ने बजेटका लक्ष्य एवं कार्यक्रमहरुलाई निरन्तरता सहित आर्थिक बर्ष २०७८/७९ को बजेटका उद्देश्यहरुलाई पूर्ति गर्नका लागि महामारी रोकथाम तथा दैवीप्रकोप व्यवस्थापन कोष, नगर अस्पताल संचालन, स्वास्थ्य सेवा, कृषि विकास, पशु विकास, पर्यटन विकास, शिक्षा, खानेपानी तथा सरसफाई, संस्कृति प्रवद्र्धन, यूवा खेलकुद तथा मनोरञ्जन, लंैगिक समानता तथा सामाजिक समावेशिकरण, भौतिक पूर्वाधार विकास, वातावरण संरक्षण तथा जलवायू परिवर्तन, फोहरमैला तथा ढल व्यवस्थापन, विपत् व्यवस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण, वैकल्पीक उर्जा र संस्थागत विकास तथा सुशासन, उद्यमशिलता विकास, लागत साझेदारी, खानेपानी, सिँचाई, पूर्वाधार विकास जस्ता शीर्षकहरुमा वजेटका प्राथमिकता निर्धारण गरी कार्यक्रम तय गएिको छ। यस बजेटबाट चालु आर्थिक बर्षका सम्पन्न नभएका आयोजनाहरुलाई सम्पन्न गर्ने गरी बजेट तथा कार्यक्रम तय गर्ने विगतको रणनीतिलाई निरन्तरता सहित नगरबाट गरिने तालिम, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरुमा कटौती गरीएको छ । अव म सुनवल नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को लागि कुल आय तथा व्यय सहित वार्षिक कार्यक्रम सम्वन्धी अनुमानको संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

अध्यक्ष महोदय एवं सभा सदस्यज्यूहरु,

नगर प्रमुखज्यू बाट प्रस्तुत भएको आ.व. २०७८/०७९ का लागि नीति तथा कार्यक्रमको अधिनमा रहि नगरको आन्तरिक आम्दानीका स्रोतहरु र बह्य आम्दानीलाई आधार मानी यस बजेटको आकार कुल रु. ९२ करोड ४९ लाख ६८ हजार १२० लाख ३७ हजार ५०९ अनुमान गरिएको छ। अब म आगामी आ.ब. २०७८÷०७९ का लागि क्षेत्रगत व्यय अनुमान प्रस्तुत गर्दछु ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) को संक्रमणको जोखिम नियन्त्रण एवं रोकथामका लागि भएको बन्दा बन्दीका कारण चालु आर्थिक वर्षका लागि अनुमानित आय तर्फ संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र आन्तरीक श्रोतबाट अपेक्षाकृत रकम प्राप्त भैनसकेको एवं चालु आर्थिक वर्षमा स्वीकृत भई कार्यान्वयनका लागि सम्झौता भएका आयोजनाहरु कार्यान्वयन हुन नसकेकोले त्यस्ता आयोजनाहरुलाई आगामी आ.व. ०७८÷०७९ मा निरन्तरता दिने गरी वजेटको व्यवस्था गरिएको छ। आगमी बर्षहरुमा पनी नगरको यस महत्वपूर्ण कार्यलाई निरन्तरता दिईने आशा लिएको छु। सडक बोर्ड, बहुक्षेत्रिय पोषण कार्यक्रम, तराई मधेश समृद्धि कार्यक्रम लगायतका लागि रु. ३० लाख समपुरक कोषको व्यवस्था गरीएको छ । प्रदेश तथा संघीय समपुरक अन्तर्गतका आयोजनाहरुका लागि यथोचित समपुरक बजेट बिनियोजन गरिएको छ ।

सामाजिक विकास

– गुणस्तरीय शिक्षालाई सुनवल नगरपालिकाले उच्च महत्व दिई शासकीय पुर्नसंरचना पश्चात् यस स्थानीय सरकारले शैक्षिक पूर्वाधार विकास, जशक्ति विकास र व्यवस्थापनमा उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएको छ । विगत चार बर्षमा विद्यालय शिक्षामा आएको परिवर्तनलाई संस्थागत गर्न संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक स्रोतबाट २४ दशमलब ७ प्रतिशत बजेट बिनियोजन गरिएको छ ।

– कोरोना महामारीका कारण यस क्षेत्र अन्तर्गत पर्ने स्वास्थ्य क्षेत्रमा ठुलो धक्का महसुस भएकोले यस क्षेत्रमा तुलनात्मक रुपमा बजेटको आकार बृद्घि गरिएको छ । आगामी आर्थिक बर्षका लागि शिक्षा तर्फ रु. २२ करोड ८९ लाख ६५ हजार, स्वास्थ्य तर्फ रु. ४ करोड ४३ लाख, खानेपानी तथा सरसफाई तर्फ रु. १ करोड १६ लाख ५९ हजार, संस्कृति प्रबद्र्घन तर्फ रु. ३ लाख, युवा खेलकुद तथा मनोरञ्जन तर्फ रु. १ करोड २ लाख ३९ हजार, लैंगिक समानता तथा सामाजिक समाबेशीकरण तर्फ रु. १ करोड २३ लाख १ हजार ८८०, महिला विकास तर्फ रु. ३१ लख ७० हजार, बालवालिका तर्फ रु. ४५ लाख २९ हजार ८८०, जेष्ठ नागरिक तर्फ रु. ११ लाख विनियोजन गरिएको छ । सबै लक्षित बर्ग (आदिबासी जनजाती, दलित, पिछडा बर्ग,) तर्फ रु. १७ लाख, अपाङतर्फ रु. १८ लाख २ हजार र मेलामहोत्सव तर्फ रु. ५ लाख सहित सामाजिक विकास तर्फ कुल रु. ३० करोड ८२ लाख ६४ हजार ८८० गरी सामाजिक विकास तर्फ ३३.३३ प्रतिशत बजेट विनियोजन गरिएको ।

आर्थिक विकास

– आगामी आर्थिक बर्षका लागि कृर्षि तर्फ रु. २ करोड ४७ लाख ५२ हजार, पशु सेवा तर्फ ९४ लाख ५० हजार, पर्यटन तर्फ रु. १ करोड ८५ लाख ४३ हजार, सहकारी तर्फ रु. ३३ लाख र लघु उद्यम विकास तर्फ रु. २७ लाख सहित आर्थिक विकास तर्फ कुल रु. ५ करोड ८७ लाख ४५ हजार सहित आर्थिक विकास तर्फ ६.३५ प्रतिसत बजोट विनियोजन गरिएको छ ।

पूर्वाधार विकास

– चालु आर्थिक बर्षको दायित्व समेत वाँकी रहने देखिएका आयोजनाहरुको निरन्तरता लगायतका कार्यक्रमहरु तय गरिएको यस क्षेत्रमा वडास्तरबाट पूर्वाधार विकास तर्फ अत्यधिक माग भएता पनी नगरको बजेटले सम्भव भएसम्म सबैक्षेत्रलाई प्राथमिकताका आधारमा सामानुपातिक तवरले सम्बोधन गर्ने प्रयास गरिएको छ । पूर्वाधार विकास तर्फ स्थानीय सडक तथा पुल निर्माण तर्फ रु. १४ करोड ७३ लाख ९४ हजार, पक्की नाला, पुल, कल्भर्ट तथा ह्यूमपाईप तर्फ रु. ४ करोड ८१ लाख ९५ हजार २००, सडक मर्मत तर्फ १ करोड ३८ लाख ९० हजार, सिँचाई तर्फ ६ लाख, भवन तथा शहरी विकास तर्फ रु. ६ करोड ९१ लाख ४६ हजार ९२० र उर्जा तथा विद्युतीकरण तर्फ रु. ५४ लाख र ७०ः३० कार्यक्रम तर्फ रु. १ करोड ९५ लाख गरी पूर्वाधार विकास तर्फ कुल रु. ३० करोड ४१ लाख २६ हजार १२० सहित ३२.८८ प्रतिसत बजेट विनियोजन गरिएको छ ।

वातावरण तथा विपद् व्यवस्थापन

– नगरपालिकाले कोरोना भाईरसको महामारी संग लड्नुपर्ने यस असहज स्थितिमा वन वातावरण, विपद् तथा फोहोरमैला व्यवस्थापन तर्फ क्षेत्रग रुपमा तुलनात्मक रुपमा बढी बजेट बिनियोजन गनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै बजेटको व्यवस्था गरिएको छ । यस क्षेत्रमा विपद् व्यवस्थापन (कोरोना नियन्त्रण) तर्फ रु. १ करोड ५० लाख र वातावरण तथा सार्वजनिक जग्गा संरक्षण तर्फ रु. ३ करोड २० लाख २२ हजार १२० सहित वातावरण तथा विपद् व्यवस्थापन तर्फ कुल रु. ४ करोड ७० लाख २२ हजार १२० गरी ५.०८ प्रतिसत बजेट बिनियोजन गरिएको छ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन

– संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ सुरक्षा व्यवस्थापन ४ लाख, सामान्य सेवा शिर्षकमा रु. २ करोड ९९ सुशासन प्रबर्धन तर्फ रु. ४८ लाख गरी संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ कुल रु. ३ करोड ५१ लाख गरी ३.७९ प्रतिसत बजेट विनियोजन गरिएको छ ।

नगर सभाका अध्यक्ष महोदय एवं सदस्यज्यूहरु

प्रस्तुत भएवमोजिम प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्दा आगामी आर्थिक बर्ष २०७८÷७९ को कुल खर्च चालु तर्फ रु. ४० करोड ४० लाख ८१ हजार ४४० गरी जम्मा ४३.६९ प्रतिसत, पूँजीगत तर्फ रु. ५१ करोड ७८ लाख ८६ हजार ६८० गरी जम्मा ५५.९९ प्रतिसत र बित्तीय व्यवस्था तर्फ रु. ३० लाख गरी ०.३२ प्रतिसत गरी कुल ९२ करोड ४९ लाख ६८ हजार १२० लाख ३७ हजार ५०९ बिनियोजन गरिएको छ । आगामी आ.ब.२०७८÷७९ को आय व्यय सम्बन्धि विवरण अनुसूचीमा संलग्न गरएको छ ।

नगर सभाका अध्यक्ष महोदय एवं सदस्यज्यूहरु,

कोभिड–१९ को माहामारीलाई मध्यनजर गर्दै नगरको नीति अनुरुप कार्यक्रम तय गर्दै विगतका नगरसभाका कार्यक्रमहरुलाई समेत आवश्यकता अनुसार निरन्तरता दिने गरी आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तय गर्दै सबै वडामा रहेका महिला उद्यम केन्द्र संचालन कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने, वडा कार्यालयहरुको आफ्नै भवन निर्माण गर्ने कार्यलाई निरन्तरता, अधुरा योजनाहरु पुरा गर्ने, स्वास्थ्य तर्फ सुत्केरी महिलाहरुका लागि मातृशिशू कल्याण कार्यक्रम, बर्थिङ सेन्टर संचालन, सबै वडामा स्वास्थ्य चौकी संचालन, शहरी स्वास्थ्य क्लिनिक, आईसोलेसन तथा क्वारेन्टाईन संचालन, ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा जस्ता कार्यक्रमहरुलाई समावेश गरिएको छ । नगरपालिकाको नगरबासी प्रति जीवनपर्यन्त जिम्मेवारीलाई सुनिश्चित गर्न मृत्यु संस्कार खर्च उपलब्ध गराउने व्यवस्था गरिएको छ । खानेपानी तथा सरसफाई तर्फ लक्षित उपलब्धि हासिल गर्न एक घर दुई रुख तथा एक करेसाबारी, एक घर एक धारा जस्ता नितिगत व्यवस्थाहरुलाई सम्बोधन गर्दै सुनवल खानेपानी, स्वाठी खानेपानी, अँधेरीखोला खानेपानी, लौकेश्वर खानेपानी, बडेरा खानेपानी, रामनगर बृहत खानेपानी, बनकट्टी खानेपानी लगायकतका योजनाहरु संचालन गर्न प्राथमिकताका आधारमा बजेटको व्यवस्था गरिएको छ ।

नगरपालिकामा कार्यरत कर्मचारीहरुका लागि सुरक्षा कोषको व्यवस्था गरिएको छ । नगरपालिकाको कर्मचारी कल्याण कोषमा बजेट विनियोजन गरिएको छ । साथै लामो समय सम्म कार्यरत सेवा वाट अवकास लिन चहाने महिला स्वयंसेविकाहरुको लागि सम्मान स्वरुप अवकास कोषको व्यवस्थालाई निरन्तरता दिईएको छ । महिला स्वयंसेविकाहरुको मुल्याँकनका आधारमा विगतमा निबृतिभरण स्वरुप उपलब्ध गराउने निर्णय भएकोमा उक्त रकमलाई बढाई रु. २ लाख बनाउन बजेटको व्यवस्था गरिएको छ ।

विद्यालय मर्ज गरी शैक्षिक गुणस्तर कायम गर्न तथा व्यवस्थापन प्रकृयालाई सहज बनाउने नीति अनुरुप शोमनाथ माध्यमिक बिद्यालय र लुम्बिनी मा.वि.लाई समायोजन गर्न बजेटको व्यवस्था गरिएको छ ।

–सुत्केरीको पोषण खर्चको रुपमा दिईदै आएको पोषण खर्चमा रु. १ हजारले बृद्घि गरी रु. ३ हजार पु¥याईएको छ ।

– नगर भित्रका वेसाहारा बालवालिकाहरुलाई नगरले अविभावकत्व ग्रहण गर्न नितिगत व्यवस्था भएअनुरुप बजेटको व्यवस्था गरिएको छ ।

– लैंगिक तथा घरेलु हिंसामा परेका महिलाहरुलाई अल्पकालिन आश्रयस्थलको व्यवस्थापन गर्न बजेटको व्यवस्था गरिएको छ ।

– बिद्यालय कर्मचारी र बालविकास केन्द्रका कर्मचारीहरुका लागि प्रोत्सहान गर्न बजेटको व्यवस्था गरिएको छ ।

– शिक्षा क्षेत्रमा आवश्यक पूर्वाधार विकास एवं लगानी गर्ने नीतिगत व्यवस्था अनुरुप शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरिएको छ ।

– गत विगतका आयोजनाहरुलाई सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिएको छ ।

– नगर भित्र संस्कृति प्रवद्र्धनतर्फ प्रगति हासिल गर्न नगरका सबै जातजातिहरुको चाडपर्व, धर्म, कला, साहित्य, कला संरक्षण र मेला महत्वलाई जोड दिँदै बजेटको व्यवस्था गर्ने परिपार्टीलाई निरन्तरता दिईएको छ ।

– नगर क्षेत्रका सडक निर्माण, मर्मत सम्भार, फोहोरमैला व्यवस्थापन स्थल निर्माण, आटोभिलेल निर्माण, औद्योगिक ग्राम निर्माण, बालमैत्री दिगो पना, वातावरणमैत्री अभियान, हरीयाली प्रबर्धन लक्षित बर्गको शशक्तिकरण, नगरसाझेदारी कार्यक्रम कार्यक्रम, बैकल्पिक उर्जा प्रबर्धन र फोहोरमैला व्यवस्थापन, वास योजना संचालन लगायतका कार्यको लागि बजेटको व्यवस्था गरिएको छ । नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको सुनवल हिलपार्क निर्माण कार्यलाई सार्बजनिक नीजी साझेदारीमा संचालन गर्ने अवधारणा सहित बजेटको व्यवस्था गरिएको छ ।

– सुनवल नगरपालिका वडा नं. ५ मा अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गरी निर्माण प्रकृया थालनी गरिएको छ । सुनवल वडा नं. ८ मा अस्पताल निर्माणको प्रकृया थालनी गर्न बजेटको व्यवस्था गरिएको छ । अस्पतालको निर्माण सम्पन्न हुँदा सम्मको लागि विशेषज्ञ डाक्टरको व्यवस्था सहित एच.डि.यू. तथा आईसोलेसन संचालनका लागि बजेटको व्यवस्था गरिएको छ ।

– आगामी आर्थिक बर्ष २०७८/०७९ मा सबै लक्षित बर्ग समावेश हुने नगरस्तरीय पूर्वाधार तथा प्रबर्धनात्मक कार्यक्रम, प्राथमिकताका आधारमा नगरका विविध योजना निर्माण, जस्ता बिषयहरुलाई महत्व दिई आवश्यक रकम विनियोजन गरिएको छ भने प्रदेश तथा सघीय सरकारका साथै अन्य विकास साझेदारहरु संगको सहकार्यमा कार्यक्रम संचालन गर्न समपुरक कोषमा बजेट विनियोजन गरिएको छ । नगर स्थित सहकारी संस्था प्रबर्धन, शीतभण्डार निर्माण, हिल पार्क निर्माण, हाटबजार निर्माण तथा संचालन, जस्ता कार्यलाई अगाडी बढाउने लक्ष्यका साथ निरन्तरता सहित बजेटको व्यवस्था गरिएको छ ।

नगर सभाका अध्यक्ष महोदय एवं सदस्यज्यूहरु,

माथी प्रक्षेपण गरिएको कुल व्यय अनुमानको व्यवस्थाको लागि आन्तरिक स्रोत तर्फ रु. २० करोड ९ लाख र बाह्य स्रोत तर्फबाट रु. ७२ करोड ४० लाख ६८ हजार १२० गरी जम्मा ९२ करोड ४९ लाख ६८ हजार १२० अनुमान गरिएको छ। बाह्य स्रोत तर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान तर्फ रु. १७ करोड २२ लाख, नेपाल सरकार शसर्त अनुदान तर्फ रु. २५ करोड ३६ लाख, बिशेष अनुदान तर्फ रु. १ करोड ९९ लाख, समपुरक अनुदान रु.१ करोड ९१ लाख त्यसैगरी प्रदेश सरकार समानिकरण अनुदान तर्फ रु. ८२ लाख १२ हजार सशर्त पूँजीगत अनुदान रु. १ करोड १५ लाख ४४ हजार, पूँजीगत बिशेष अनुदान रु. ७० लाख, समपुरक अनुदान रु. १ करोड ९९ लाख ९९ हजार, राजश्व वाँडफाँड वाट प्राप्त हुने जम्मा कुल रु. १९ करोड ७४ लाख ८५ हजार ३४५ मध्ये घरजग्गा रजिष्टूेसन दस्तुर रु. ६ करोड ७५ लाख, बाँडफाड भई प्राप्त हुने मु.अ.क. रु. १० करोड ८७ लाख ७५ हजार र बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर रु. २ करोड १२ लाख १० हजार ३४५ अनुमान गरिएको छ।
आन्तरिक स्रोत तर्फको आय अनुमान गर्दा नगरस्तरीय राजश्व परामर्श समितिको सिफारिस बमोजिमका परिवर्तित कर तथा अन्य आम्दाीका दरहरुलाई आधार मानिएको छ । यस बजेटको तयारी गर्दा करका दरलाई यथावत राखी कृषि तथा पशुपंक्षी क्षेत्रमा कर छुटको व्यवस्था गरिएकोले नगर क्षेत्रको कृषि व्यवसायमा रहात महसु हुने अपेक्षा गरेको छु ।

अन्त्यमा,

कोभिड–१९ को नयाँ भेरियन्ट सहितको महामारीका बीच गत आ.ब. मा जस्तै नगरका सबै विकास निर्माण कार्य भन्दा कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिनुपर्ने बध्यात्मक परिस्थिति रहेको विकराल अवस्थामा सिमित श्रोत साधनका आधारमा तयार पारिएको यस वजेटको सफल कार्यान्वयन बाट नगरबासीहरुको समृद्घिको चाहान पुरा गर्न टेवा पुग्ने र यस नगरका विगतका नगर सभाले निर्णय गरी कार्यान्वयन गरिएका महत्वपूर्ण कार्यक्रमहरुलाई आगामी आर्थिक बर्षको लागि निरन्तरता दिँदै सफल कार्यक्रम र नीतिहरुलाई आत्मसाथ गर्ने उद्देश्यलाई निरन्तरता दिई नगरबासीहरुलाई संकटमा संयम रहि आ–आफ्नो क्षेत्रबाट नगरका पहलकदमीहरुलाई सहयोग गर्न प्रेरित गराउने प्रयास गरिएको छ । कोरोना नियन्त्रण गर्दै समावेशी एवं सहभागितामूलक विकास पद्धतीमा टेवा पुग्ने, दिगो आर्थिक वृद्धि र विकासद्धारा आर्थिक आत्मनिर्भरता वृद्धि हुने, राजश्व अभिवृद्धिमा उच्चतम लक्ष्य लिईएको तथा विकास क्रियाकलापको संचालनको माध्यम बाट रोजगारी श्रृजना भई गरिवी न्यूनीकरणमा सघाउ पुग्ने र समग्रमा “समृद्ध सुनवल” बनाउने अभियानलाई विगतमा झैँ यस आर्थिक बर्षमा समेत टेवा पुग्दै जाने अपेक्षा गरेको छु । आगामी आर्थिक बर्षलाई कोरोना नियन्त्रण बर्षको रुपमा लिई नगरवासीहरुको जिउधनको सुरक्षा गर्दै नगरको विकास अभियानमा पुनः निरन्तरता कायम गर्न यस बजेटले महत्वपूर्ण भुमिका निर्बाह गर्नेमा बिश्वस्त रहेको छु । आजसम्म आईपुग्दा नगर विकासको यस अभियानमा साथ दिने संघीय सरकार, प्रदेश सरकार लगायत विकास साझेदार सबैलाई धन्यवाद ज्ञापन गर्दै हाम्रा ७ वटा नगर सभासम्म हामीसंग रहनुभएका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्री रामलाल श्रेष्ठलाई सम्झन चाहान्छु । यस बजेट तथा कार्यक्रमको कार्यान्वयनमा नगरका सबै निर्वाचित जनप्रतिनिधिज्यूहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीज्यूहरु, सरकारी कार्यालयका प्रमुखज्यूहरु, नागरिक समाज, संचार जगतका मित्रहरु, गै.स.स.तथा नीजि क्षेत्र, दातृ निकाय, सञ्चार माध्यम, सुनवल नगर कार्यापालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लगायत सबै कर्मचारीहरु एवं नगरको बार्षिक कार्यक्रम र बजेट तयार गर्ने कार्यमा सहयोग गर्नुहुने सवैलाई धन्यवाद ज्ञापन गर्दै प्रस्तुत बजेटको सफल कार्यान्वयनमा विगतका बर्षहरुमा झैँ सवैको सहयोग निरन्तर रहने अपेक्षा गरेको छु ।

धन्यवाद ।
ईति सम्वत २०७८ आषाढ ६ रोज १ शुभम्

दधिराम अर्याल
नगर उप–प्रमुख– सुनवल नगरपालिका



You might also like
Loading...