ad

नवलपुरको देउरालीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता

112

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ सर्दी देउरालीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जना १६ बर्षीय किशोर वेपत्ता भएका छन् ।


विनयी त्रिवेणी गाउँपालिका ५ देउराली निवासी १६ बर्षीय हिमाल लम्का मगर विहीबार दिउँसो विनयी त्रिवेणी ५ देउरालीमा रहेको भैसी खोला भन्ने खोलाको बाँधमा पौडी खेल्ने क्रममा वेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेको स्थानीयले जनाएका छन् ।

छिमेकीको मलामी गएर फर्कदै गर्दा गर्मी भएर पौडी खेल्ने क्रममा उनी खोलामा वेपत्ता भएका हुन् ।





You might also like
Loading...